नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी बर्खास्त,उनलार्इ हटाउनुमा यस्तो छ कारण

बिजमाण्डू
२०७५ साउन ३० गते ०६:५७ | Aug 15, 2018

काठमाडौँ। सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ।

Tata
GBIME
Nepal Life

मन्त्रिपरिषद्को मंगलबार राती बसेको बैठकले उनलार्इ बर्खास्त गर्ने निर्णय गरेको हो।ओली सरकार आएपछि राजभण्डारीको परफर्मेन्स राम्रो नभएको भन्दै तीन पटक स्पष्टीकरण सोधेको थियो।उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय भएको हो।उनी आएपछि टेलिकमको पूर्वाधार विस्तारको क्रम रोकिएको छ।

निजी क्षेत्रको सेवा प्रदायक एनसेल भन्दा छिटो फोरजी सेवा संचालनको अनुमति पाएपनि काठमाडौं र पोखरा बाहेक अन्त विस्तार हुन सकेको छैन।अझ एनसेल लाभकर विवादमा फसेको बेलामा आफ्ना योजना एग्रेसिभ रुपमा अगाडि बढाउनुपर्ने झन् कुनै नयाँ योजना विना टेलिकम अल्झिएर बसेको थियो।

यही कारण टेलिकमको वित्तिय अवस्था पनि सन्तोषजनक रहेन्।त्यो साउनमा कर बुझाउने बेलामा समेत देखियो। अर्थमन्त्रालयले साउनमा नेपाल टेलिकम र एनसेलबाट आयकरको तेस्रो किस्ताका लागि दुई/दुई अर्व रुपैयाँ हाराहारीमा कर आउने 'क्यालकुलेशन' गरेको थियो। 

 
९० प्रतिशतभन्दा बढी सरकारी स्वामित्व भएको र सरकारलाई सबैभन्दा धेरै लाभांस दिने सार्वजनिक संस्थान नेपाल टेलिकमले निजी स्वामित्वको एनसेललेभन्दा झण्डै आधा अर्थात एक अर्व सात करोड रुपैयाँ कम कर बुझायो। 
 
वितेका केही वर्षदेखि नेपाल टेलिकमभन्दा एनसेलले बढी मुनाफा गरिरहेको थियो। कर पनि बढि बुझाइरहेको थियो। तर नेपाल टेलिकमलाई यति धेरै नाजुक अवस्थामा पहिलोपटक देखिएको थियो।