ग्रिसजस्तै टर्की पनि आर्थिक संकटको मुखमा, विदेशी ऋण बढाइरहेको नेपालले टर्कीबाट के सिक्ने?

बिजमाण्डू
२०७५ साउन ३० गते ११:५१ | Aug 15, 2018
ग्रिसजस्तै टर्की पनि आर्थिक संकटको मुखमा, विदेशी ऋण बढाइरहेको नेपालले टर्कीबाट के सिक्ने?


Tata
GBIME
Nepal Life
डलरसँग लिरा कमजोर भइरहँदा नेपालको पनि बलियो अवस्थामा भने छैन। भारतसँगको स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै सस्तो भइसकेको छ। एक डलरका लागि ११२ रुपैयाँभन्दा बढि खर्च गर्नु पर्ने अवस्था छ। भारतले पेट्रोलियम पदार्थको भण्डारण बढाउन धमाधम डलर भुक्तानी गरेकाले भारु कमजोर भएर नेपाली रुपैयाँ पनि कमजोर भएको हो। भारतले आफ्नो रवैया केही दिन कायम राखे नेपाली रुपैयाँले आफ्नो कमजोर 'परफरमेन्स' को रेकर्डलाई दिनदिनै तोड्न सक्छ। यसो हुँदा नेपालमा महँगी थप बढ्ने छ।
काठमाडौं। टर्कीको मुद्रा लिराको हालत निक्कै नै खस्किन थालेको छ। २०१८ मा लिरा डलरसँग ७० प्रतिशतले कमजोर भइसकेको छ, जसले गर्दा सन्सारकै कमजोर मुद्रा भनेर चिनिन थालेको छ। गत साता मात्रै लिरा २० प्रतिशतल कमजोर भएको थियो। त्यसयता पनि लिरा झर्ने क्रम रोकिएको छैन।
 
डलरसँग नेपाली रुपैयाँ पनि अहिलेसम्मकै कमजोर अवस्थामा छ। डलरसँग नेपाली रुपैयाँ कमजोर हुनुको कारण भारतीय मुद्रा हो। अहिले भारतीय मुद्रा पनि डलरसँग कमजोर छ। 
 
नेपाली रुपैयाँ, भारु वा  लिरा, किन झरिरहेका छन्। लिराबाटै कुरा गरौं।
 
टर्कीको संकट के हो र यसबाट अन्य देशलाई के प्रभाव पर्छ भनेर पहिले विश्लेषण गर्नु पर्ने हुन्छ।
 
केही समयअघिसम्म सन्सारकै आर्थिक शक्तिमध्ये टर्की पनि एक थियो। टर्कीको अर्थब्यवस्था उच्च दरले अगाडि बढिरहेको थियो। आर्थिक बृद्धिको आधार भने कमजोर थियो। आर्थिक बृद्धि २००८ को आर्थिक संकटसँग सम्बन्धित भएर मूल्यांकन गरिएको थियो।
 
सन् २००८ मा आर्थिक मन्दी भएपछि अमेरिकासहित विश्वका अन्य देशहरुले आर्थिक बृद्धि बढाउनका लागि ब्याज दर घटाए। ब्याज घटाउँदा उद्योगलाई सस्तो दरमा ऋण उपलब्ध हुन्थ्यो भन्ने विश्लेषण गरिएको थियो। टर्कीले ब्याज घटेको अवशरको खुबै फाइदा उठायो। त्यहाँका उद्योगधन्दाले अन्य देशबाट सस्तो दरमा ऋण लिएर खुबै लगानी बढाए पनि। सस्तो दरमा पैसा पाएकाले टर्कीको रियलस्टेट कारोबार तथा उत्पादनमूलक क्षेत्रले निक्कै गति लियो।
 
टर्कीका बैंकहरुले विदेशी बैंकहरुबाट डलरमा ऋण जुटाएर घरेलु अर्थतन्त्र उकास्न प्रयोग गरिरहेका थिए। ऋण दिने बैंक पनि खुसी थिए किनभने जसरी टर्कीका कम्पनीहरुले आफ्नो आय र मुनाफा राम्रो देखाइरहेका थिए। ऋण दिने बैंकहरु आफ्नो लगानी सुरक्षित रहेको ठानिरहेका थिए। 

सन् २००८ मा आर्थिक मन्दी भएपछि अमेरिकासहित विश्वका अन्य देशहरुले आर्थिक बृद्धि बढाउनका लागि ब्याज दर घटाए। ब्याज घटाउँदा उद्योगलाई सस्तो दरमा ऋण उपलब्ध हुन्थ्यो भन्ने विश्लेषण गरिएको थियो। टर्कीले ब्याज घटेको अवशरको खुबै फाइदा उठायो। त्यहाँका उद्योगधन्दाले अन्य देशबाट सस्तो दरमा ऋण लिएर खुबै लगानी बढाए पनि। सस्तो दरमा पैसा पाएकाले टर्कीको रियलस्टेट कारोबार तथा उत्पादनमूलक क्षेत्रले निक्कै गति लियो।
न्यूयोर्क टाइम्सका अनुसार, टर्की विदेशी मुद्राको ऋणमा एकदमै बढि निर्भर छ। उसको संकटको मूख्य कारण नै बढि विदेशी ऋण हो। कुल विदेशी ऋणमध्ये ७० प्रतिशत उसले अमेरिकी डलरमा लिएको छ। बैंक अफ इन्टरनेशनल सेटलमेन्ट (बिआइएस) का अनुसार, टर्कीको मुद्रामा उच्च गिरावट आएपछि युरोपियन बैंकहरुले अप्ठेरो महशुस गरिरहेका छन्। स्पेनको बैंकले टर्कीलाघ ८३ अर्बभन्दा बढि ऋण दिएको छ। जबकी फ्रान्सले ३८ अर्ब ४० करोड डलर, इटालीले १७ अर्ब डलर र जापानले १४ अर्ब डलर टर्कीलाई ऋण दिएको छ।
 
बेलायतले पनि टर्कीलाई १९ अर्ब डलर ऋण दिएको छ। अमेरिकी बैंकहरुले पनि टर्कीमा १८ अर्ब डलर ऋण दिएका छन्। यो ऋण डुब्ने अवस्थामा रहेको बिबिसीले जनाएको छ। अमेरिकी बैंकले टर्कीलाई ऋणका रुपमा भन्दा पनि त्यहाँको शेयर बजारमा लगानी गरिरहेको छ। 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीको स्टिल तथा आल्मुनियम आयातमा लाग्ने शुल्क बढाएर दोब्बर पारेका छन्। ट्रम्पको निर्णयका कारण टर्कीको अर्थतन्त्र थप दवावमा परेको छ।
 
टर्कीसँग लिरालाई सन्तुलनमा ल्याउने विकल्पहरु थोरै छन्। अर्थतन्त्रमा आएको संकटका कारण महँगी पनि बढ्ने सम्भावना उत्तिनै छ। टर्कीका राष्ट्रपति रेचेप तेइयप अर्दोआन लिरालाई बलियो राख्न ब्याज दर बढाउन खोजिरहेका छन्। लिरा जोगाउँदा महँगी उचालिने खतरा उत्तिनै छ। लिराको संकटले अन्य विकासशील देशहरुलाई पनि जोखिममा पार्ने खतरा उत्तिकै छ। 
 
टर्कीको संकट सन् २००८ मा ग्रिसको संकट जस्तै रहेको विश्लेषकहरुको दावी छ। तर टर्कीको अर्थतन्त्र ग्रिसको भन्दा चार गुणा बढि भएकाले ग्रिसकै जस्तो समस्या नआउने आँकल पनि एकखाले अर्थशास्त्रीहरुले गरिरहेका छन्। अहिलेको संकटबाट बाहिर निस्कन टर्कीसँग उतिधेरै विदेशी मुद्राको सञ्चिति पनि छैन। टर्कीको विदेशी मुद्रा भण्डारण १३० अर्ब डलर छ। विदेशी ऋण १८० अर्ब डलर छ।
 
डलरसँग लिरा कमजोर भइरहँदा नेपालको पनि बलियो अवस्थामा भने छैन। भारतसँगको स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै सस्तो भइसकेको छ। एक डलरका लागि ११२ रुपैयाँभन्दा बढि खर्च गर्नु पर्ने अवस्था छ। भारतले पेट्रोलियम पदार्थको भण्डारण बढाउन धमाधम डलर भुक्तानी गरेकाले भारु कमजोर भएर नेपाली रुपैयाँ पनि कमजोर भएको हो। भारतले आफ्नो रवैया केही दिन कायम राखे नेपाली रुपैयाँले आफ्नो कमजोर 'परफरमेन्स' को रेकर्डलाई दिनदिनै तोड्न सक्छ। यसो हुँदा नेपालमा महँगी थप बढ्ने छ।
 
विदेशी ऋणको भार पनि थपिने छ भने आयातमा बढिभन्दा बढि डलर खर्च गर्दा भण्डारण कमजोर हुन जान्छ। यद्यपी ठूलो ऋण नेपालले नलिएका कारण त्यो पक्षबाट हुने खतरा भने हुँदैन। नेपाल राष्ट्र बैंकले भर्खरै नेपाली बाणिज्य बैंकहरुलाई विदेशी मुद्रामा ऋण लिने बाटो खोलिदिएको छ। त्यो पैसा उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्ने भएकाले ठूलो जोखिम नेपाललाई हुँदैन।