मेगा बैंकले ल्यायो मासिक १५ हजार रुपैयाँ किस्ता तिर्दा गाडी किन्न पाइने ऋणको स्किम

बिजमाण्डू
२०७५ साउन ३० गते १४:४१ | Aug 15, 2018
मेगा बैंकले ल्यायो मासिक १५ हजार रुपैयाँ किस्ता  तिर्दा गाडी किन्न पाइने ऋणको स्किम
 
काठमाडौं। मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्रालिबीच किस्तामा गाडी कर्जा उपलब्ध गराउन सम्झौता भएको छ।  
 
नारायणी अटोबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने छ। सम्झौता पत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेशका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन्। 
 
सम्झौता अनुसार, नारायणी अटोबाट अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ। ग्राहकहरुले अहिलेको प्रचलित ब्याजदर अनुसार  साढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन्। 
 
प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ। यो सम्झौतापछि ग्राहकहरुलाई सस्तोमा गाडी लिन सहज हुने बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life