प्रभु इन्स्योरेन्स र ओम हस्पिटलबीच सम्झौंता, बीमा लेखसम्मको नगदरहित भूक्तानी गर्न मिल्ने

बिजमाण्डू
२०७५ साउन ३० गते १७:५४ | Aug 15, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा ओमका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे।

सम्झौता अनुसार प्रभुबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले ओममा औषधोपचार गराउँदा नगद नभएतापनि बीमालेखको सीमासम्म नगदरहित सुविधा पाउने विज्ञप्तिमा उल्लेख छ।