आर्इएमर्इ लाइफको पहिलो वर्ष नै ९ करोड ८६ लाख नाफा, ४६९२९ वटा बीमा लेख बिक्री गर्यो

बिजमाण्डू
२०७५ साउन ३१ गते ०९:३७ | Aug 16, 2018

 
काठमाडौं। आर्इएमर्इ लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा व्यवसाय शुभारम्भ गरेकै बर्ष ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले यसै अवधिमा ४६ हजार ९२९ वटा बीमा लेख बिक्री गरि कुल ५३ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। 
 
कम्पनीले बैंक तथा बित्तीय संस्थाको उच्च व्याजदरको फाइदा उठाउदै १४ करोड ४१ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ। यसै अवधिमा कम्पनीले एक अर्ब ३२ करोड रुपैयाँ दीर्घकालिन लगानी गरेको छ भने ४१ करोड ४१ लाख रुपैयाँ अल्पकालिन लगानी गरेको छ। 
 
कम्पनीले चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ९८ करोड ४५ लाख रुपैया जम्मा गरेको छ। प्रति शेयर आम्दानी ७ रुपैयाँ छ। बीमा समितिको निर्देशन अनुसार कम्पनीले दुर्इ अर्ब रुपैयाँ पूँजी जुटाउनु पर्ने हुन्छ। यसको लागि कम्पनीले अहिलेको कायम पूँजी अनुसार कम्तीमा पनि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्नु पर्छ। 
 
कम्पनीले गत वर्षको भदौ १ गतेदेखि औपचारिक जीवन बीमा व्यावसाय शुभारम्भ गरेको थियो। सार्जनिक शेयर निष्काशन गर्न धितोपत्र निष्काशन सम्वन्धी नियम अनुसार एक आर्थिक वर्ष भरिको कारोबारको लेखापरिक्षण गर्नु पर्छ। तर कम्पनीले गत आर्थिक वर्ष सुरु भएको एक महिना पछि मात्रै व्यावसाय सुभारम्भ गरेको हुँदा चालु आर्थिक वर्ष भरीको लेखापरिक्षण पस्चात मात्रै प्राथमिक शेयर निष्काशन गर्न सक्नेछ। 

Tata
GBIME
Nepal Life