दुर्इ सरकारी बीमा कम्पनीको सुपर नाफा, कम्पनीको १३२% र बीमा संस्थानको १८९% ले बढ्यो

बिजमाण्डू
२०७५ साउन ३१ गते ०९:४४ | Aug 16, 2018
दुर्इ सरकारी बीमा कम्पनीको सुपर नाफा, कम्पनीको १३२% र बीमा संस्थानको १८९% ले बढ्यो

 
काठमाडौं। दुर्इ सरकारी बीमा कम्पनीले गत वर्ष आकर्षक नाफा गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ भने राष्ट्रिय बीमा संस्थानले एक करोड ९७ लाख रुपैयाँ गरेको छ। कम्पनीले अघिल्लो वर्षको भन्दा १२३ प्रतिशतले नाफा बढाएको छ भने संस्थानले १८९ प्रतिशतले नाफा बढाएको हो। 
 
नाफामा उल्लेख्य सुधारसँगै सेयर बजारमा सूचिकृत राष्ट्रिय बीमा कम्पनीको प्रति शेयर आम्दानी २०६ रुपैयाँ पुगेको छ। कम्पनीले गत वर्ष खुद बीमा शुल्क आर्जन २२ करोड ६९ लाख रुपैयाँ छ। बैंक तथा वित्तीय संस्थाको उच्च व्याजदरको फाइदा उठाउदै लगानी कर्ज तथा अन्य आय मार्फत ५४ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ। 
 
कम्पनीको अन्य धेरै वटा कम्पनीमा शेयर रहेको छ। साथै कम्पनीले तीन अर्ब ३५ करोड रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ। यसले गर्दा कम्पनीको नाफामा उल्लेख्य सुधार आउन सकेको हो। बीमा शुल्कको आधारमा भने कम्पनी कमजोर देखिन्छ। 
 
चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ। साथै जगेडा कोषमा दुर्इ अर्ब ७ करोड रुपैयाँ सञ्चीत छ। बीमा समितिले दिएको निर्देशन अनुसार अबको ६ महिना भित्रमा चार गुणा पूँजी बढाउनु पर्ने हुन्छ। समितिले निर्जीवन बीमा कम्पनीको लागि एक अर्ब रुपैयाँ पूँजी तोकेको छ। 
 
कम्पनीले खुद दाबी भुक्तानी ६ करोड ७१ लाख रुपैयाँ गरेको छ भने अझै ५४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। 
 
त्यस्तै सरकारकै पुर्ण स्वामित्व रहेको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले गत वर्ष तीन अर्ब १६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। साथै गत वर्ष यस्तो आर्जन दुर्इ अर्ब ७५ करोड रुपैयाँ थियो। संस्थाले अल्पकालिन तथा दीर्घकालिन लगानी गरेर जम्मा तीन करोड ६७ लाख रुपैया आर्जन गरेको छ।
 
गत वर्ष तीन अर्ब २५ करोड रुपैया खुद दाबी भुक्तानी गरेको छ भने अझै १८ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।
 
संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ छ भने जगेडा कोषमा १६ करोड ९७ लाख रुपैया छ। बीमा समितिको निर्देशन अनुसार ६ महिनामा २ अर्ब रुपैया जुटाउनु पर्नेछ। सरकारी निर्णयमा भर पर्ने भएकोले पूँजी बृद्धि योजना ल्याएको भए पनि अझै कार्यान्वयन गर्न सकेको छैन। यदि संसदमा पेश भएको बीमा प्राधिकरण विद्येक जस्ताको तस्तै पारित भएमा संस्थाले सर्वसाधारणलार्इ शेयर बिक्री गर्नु पर्ने हुन्छ। 
 
संस्थाले न्युनतम ३० प्रतिशत प्रमियम सहित सार्वजनिक शेयर निष्काशन गर्ने योजना बनाएको भए पनि अझैसम्म कुनै निर्णय गर्न सकेको छैन।

Tata
GBIME
Nepal Life