काठमाडौं। नयाँ संचालनमा आएको जीवन बीमा कम्पनी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले १२ वटा पदको लागि १५२ जना कर्मचारी माग गरेको छ। कम्पनीले नयाँ शाखाको लागि २७ जना शाखा प्रमुख माग गरेको छ।
शाखा प्रमुखको लागि न्युनतम स्नातक गरेको तर मार्केटिङमा स्नातकोत्तर गरि २ वर्षको अनुभव भएकालार्इ विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ। त्यस्तै एक जना संस्थागत रुपमा बिक्री प्रवन्धक माग गरिएको छ। जसको लागि स्नातकोत्तर गरि जीवन बीमा कम्पनीमा कम्तिमा पनि एक वर्ष काम गरेको हुनु पर्नेछ।
विभिन्न शाखा कार्यालयमा २१ जना बिजनेस डेभलपमेन्ट अफिसरको लागि विज्ञापन खुला गरिएको छ। यसको लागि कम्तिमा स्नातक गरेको तर मार्केटिङमा स्नातकोत्तर गरि १ वर्षको अनुभव भएकालार्इ विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ।
विज्ञको रुपमा एक जना बिजनेस डेभलपमेन्ट अफिसर माग गरिएको छ। यसको लागि पनि कम्तिमा स्नातक गरेको तर मार्केटिङमा स्नातकोत्तर गरि १ वर्षको अनुभव भएकालार्इ विशेष प्राथमिकता दिनेछ।
अफिसर तहको एक जना माइक्रो इन्स्योरेन्स हेर्ने कर्मचारी माग गरिएको छ। यसको लागि कम्तिमा स्नातक गरि एक वर्षको अनुभव हुनु पर्नेछ। इच्छुक व्यक्तिले भदौ १५ गतेसम्ममा आवदेन दिनु पर्नेछ। कम्पनीनको वेवसाइटमा निवेदन सहित आफ्नो व्यक्तिगत विवरण पेश गर्न सकिनेछ।
कुन पदमा कति योग्यता?
पद | संख्या | योग्यता |
शाखा प्रमुख | 27 | स्नातकोत्तर गरि दुर्इ वर्षको अनुभव |
अफिसर सेल्समा | 1 | स्नातकोत्तर गरि एक वर्षको अनुभव |
बिजनेस डेभलपमेन्ट अफिसर | 21 | स्नातक गरि एक वर्षको अनुभव |
बिजनेस डेभलपमेन्ट अफिसर | 1 | स्नातकोत्तर गरि एक वर्षको अनुभव |
अफिसर माइक्रो इन्स्योरेन्स | 1 | स्नातक गरि एक वर्षको अनुभव |
अफिसर ट्रेनीङ तर्फ | 1 | स्नातक गरि दुर्इ वर्षको अनुभव |
अफिसर अण्डरराइटिङ | 1 | स्नातक गरि तीन वर्षको अनुभव |
मार्केटिङ अफिसर | 33 | स्नातक गरेको |
जनशक्ती व्यवस्थापन सहायक | 1 | व्यवस्थापनमा स्नातक |
कस्टुमर सर्भिस | 34 | प्लस टु पास गरि एक वर्षको अनुभव |
शाखा कार्यालय एजुकेटिभ | 21 | स्नातक |
बैंकास्योरेन्स अफिसर | 10 | मार्केटिङमा स्नातकोत्तर |
जम्मा | 152 |