२५ करोड लगानीमा चितवनमा रिर्सोटसहितको फनपार्क, २० विघा जग्गामा यस्तो बन्दैछ फनपार्क

बिजमाण्डू
२०७५ साउन ३१ गते १३:१४ | Aug 16, 2018
२५ करोड लगानीमा चितवनमा रिर्सोटसहितको फनपार्क, २० विघा जग्गामा यस्तो बन्दैछ फनपार्क

Tata
GBIME
Nepal Life

काठमाडौं। २५ करोड लगानीमा चितवनको तान्द्राङमा कविलाश रिर्सोट एण्ड फनपार्क संचालनमा आएको छ।

अस्पताल, पोलिटेक्निकल इन्स्टिच्यूट चलाइरहेका  ५० जना समूहको लगानी रिर्सोटमा छ।२० विघा क्षेत्रफलमा निर्माण भएको रिर्सोटमा १० वटा कोठा र सात वटा भिल्ला छ।चितवनको दासढुंगाबाट १५ सय मिटर उत्तरमा यो रिर्सोट छ।

एनपिआर्इ समूह बनाएर निर्माण भइरहेको यो रिर्सोटमा फनपार्क समेत निर्माण भइरहेको छ।कम्पनीका प्रवन्ध निर्देशक विष्णुप्रसाद अधिकारीले पहिलो चरणमा केही कोठासहितको होटल संचालनमा आएको बताउँदै फनपार्क दशैको बेलामा सुरु हुने बताए।

‘हामी विभिन्न पेशा र व्यवसायमा संलग्न ५० जनाको समूहले एक अर्ब लगानी गर्नेगरि रिर्सोट र फनपार्क निर्माण सुरु गरेका हौं।पहिलो चरणमा केही कोठा र भिल्लासहितको होटल वैशाखदेखि संचालनमा ल्याएका हौं’,उनले बिजमाण्डूसँग भने,’फनपार्क र अरु होटलको विस्तार समेत भइरहेको छ।’उनका अनुसार होटलमा तीन वटा सेमिनार हल छन्।

सबैभन्दा ठूलोमा तीन सय,मध्यममा दुर्इ सय र सानोमा एक सय जना अट्ने कन्फ्रेन्स हल रहेको उनले बताए।‘हामीले कुनै कम्पनीको ग्रुप/ग्रुप राखेर छलफल गर्न सकिने हिसाबले पनि कटेजहरु पनि बनाएका छौं।’अधिकारीले भने।उनका अनुसार रिर्सोटको रुम रेट २५ सय रुपैयाँ छ।यो मूल्यमा दुर्इ जनाको ब्रेकफाष्ट निशुल्क पाइने उनले बताए।

फनपार्कमा सबै खेल राखिने
रिर्सोट नजिकै फनपार्कमा धेरै खेल राख्नेगरि निर्माण भइरहेको अधिकारीले बताए।

‘हामीले फनपार्कमा बच्चा,वयस्क र बुढाबुढीलार्इ लक्षित गरेर विभिन्न खेल सामग्री राख्दैछौं,उनले भने,’हामीले रिर्सोटमा आउने र वाहिरबाट आउने पाहुनालार्इ कम्प्लिट मनोरञ्जन दिन खोजेका हौं।’