चेक रिपब्लिकमा नयाँ उडान थप्दै एयर अरेबिया, मंसीरको अन्तिम साताबाट सुरु

बिजमाण्डू
२०७५ साउन ३१ गते २१:०१ | Aug 16, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। एयर अरेवियाले मंसीर २५ गतेदेखि चेक रिपब्लिकमा उडान गर्ने भएको छ।
 

कम्पनीले साताको पाँच दिन शारजाह बाट चेक रिपब्लिकको प्रागसम्म सिधा उडान भर्ने भारत तथा नेपालका क्षेत्रीय महाप्रवन्धक सचिन नेनेले जानकारी दिए। उनका अनुसार आइतबार, मंगलबार, बुधबार, विहीबार र शनिबार उडान गर्नेछ।शारजाहबाट प्रागको हवार्इ समय ६ घण्टा ५० मिनेटको हुने उनले बताए।
 
आइतबार र मंगलबार कम्पनीले शारजाहबाट आठ बजे उडान भर्दै ११:५० बजे प्राग र पुनः राती ९:४०मा शारजाहमा आइपुग्नेछ।कम्पनीका अनुसार बुधबार, विहीबार र शनिबार भने कम्पनीले ३:३०मा उडान भर्दै प्रागमा ७:२० मा अवतरण गरि पुनः विहान ६:१० बजे शारजाह अवतरण गर्नेछ।     
 
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एडल अल अलीले भने,' क्षेत्रीय र अन्तर्राष्ट्रिय पर्यटकलाई मूल्य अनुसारको सेवा दिनका लागि एयर अरेवियाले अन्तर्राष्ट्रिय हवाई रुट बढाउन प्राथमिकता दिएको छ।उनका अनुसार युएइबाट प्राग हुँदै यूरोपसम्म नयाँ पर्यटकीय गन्तब्यसम्म यात्रु पुर्याउन उदेश्य कम्पनीको हो। 
 
कम्पनीले अर्मेनिया, मस्को, युक्रेन लगायतका मुलुकमा उडान भर्दै नेनेले बताए।उनका अनुसार कम्पनीले २०१९को जनवरीदेखि मार्चभित्र छ वटा नयाँ एयरबस ३२० थप्ने योजना बनाएको छ। पछिल्लो समयमा एयर इण्डियाबाट अजरबाइजानको बाकु भ्रमणको लागि नेपाल लगायत विभिन्न मुलुकका पर्यटकले चासो देखाइरहेको नेपालका प्रवन्धक फराज खानले जानकारी दिए।