एनएमबि बैंकको १५ प्रतिशत बोनश शेयर पारित, चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने

बिजमाण्डू
२०७५ साउन ३१ गते २१:१४ | Aug 16, 2018
एनएमबि बैंकको १५ प्रतिशत बोनश शेयर पारित, चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने

Tata
GBIME
Nepal Life

काठमाडौं।एनएमबि बैंकले १५ प्रतिशत बोनश शेयर दिने भएको छ।यो बोनश शेयरपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ।

बैंकको विहिबार भएको २२औं वार्षिक साधारणसभाबाट यो बोनश शेयर पारित भएको हो।बैंक अध्यक्ष पवन गोल्यानको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०७३ ०७४को वितरण योग्य मुनाफाबाट शेयरधनीलार्इ चुक्ता पूँजीको १५ प्रतिशत दिने प्रस्ताव र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।