सोल्टीमा सुरु भयो भारतीय रैथाने खानाको मेला ‘उत्तर दक्षिण फूड फेस्टिवल’, यस्तो छ खाना

बिजमाण्डू
२०७५ साउन ३१ गते २१:३४ | Aug 16, 2018
सोल्टीमा सुरु भयो भारतीय रैथाने खानाको मेला ‘उत्तर दक्षिण फूड फेस्टिवल’, यस्तो छ खाना


Tata
GBIME
Nepal Life

काठमाडौं। सोल्टी होटलमा विहिबारदेखि भारतको उत्तर र दक्षिण खानाहरुको मेला सुरु भएको छ।  
 

मेलामा ग्राहकले इच्छा अनुसारको उत्तर र दक्षिण भारतको शाकाहारी तथा मांसहारी रैथाने परिकारको स्वाद लिन सकिने होटलका फूड एण्ड वेभरेज म्यानेजर केदार पाण्डेले जानकारी दिए। उनका अनुसार उत्तर भारतको दुग्ध परिकारमा पाती दम पनिर, राजस्थान कोफ्ते चिङ्गारी र पेसावरी दाल राखिएको छ भने दक्षिण भारतको दुग्ध परिकारमा कोजी भरुता करी, कैकारी पोरियल र चेटिनाड भेजिटेबल राखिएको उनले जानकारी दिए। 
 
ग्रहकले मांसाहारी परिकारमा चटनी सहित रोटी, राइस, बीरीयानी र परन्थाको स्वाद लिन सक्ने एक्जिक्युटीभ सेफ युवराज पोखरेलले जानकारी दिए।'साउथ र नर्थ इण्डियन खाना नेपालीले मन पराउँदै आएका छन्। उत्तरतर्फ कश्मिर देखि कन्याकुमारी सम्मका मूख्य रैथाने परिकार राखिएको छ। दक्षिण तर्फ केराला, तामीलनाडु, आन्द्रा, कर्नाटाका लगायत क्षेत्रको मुख्य परिकार राखिएको छ।'उनले भने।
 
ग्राहकले स्न्याक्स, मेनकोर्स, डेजर्ट लगायतका मेनु राखिएको उनले बताए। उनका अनुसार ग्राहकको मागबढेसँगै सोल्टीले 'उत्तर दक्षिण फुड फेस्टिवल' तेस्रो पटक आयोजना गरेको हो। परिकारमा प्रयोग हुने सामाग्री सबै उत्तर र दक्षिण भारतबाट ल्याइने गरेको उनले बताए। ग्राहकले डेजर्टमा कुल्फी, हलुवा र पायासमको स्वाद लिन सक्ने पोखरेलले बताए। यो फेस्टिवलको भारतीय राजदुत मन्जिवसिंह पुरीले उद्घाटन गरे।