पुराना जीवन बीमा कम्पनीको नाफा ३६% बढ्यो, बीमा शुल्क भने २५% मात्रै

बिजमाण्डू
२०७५ भदौ १ गते ०९:३५ | Aug 17, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। नयाँ जीवन बीमा कम्पनी आएसँगै पुराना जीवन बीमा कम्पनी आक्रामक देखिएका छन्। ९ जीवन बीमा कम्पनीले ३६ प्रतिशतले नाफा बढाएका छन्। बीमा शुल्क भने जम्मा २५ प्रतिशतले बढेको छ। बैंकमा राखिएको निक्षेपको व्याज र विभिन्न क्षेत्रमा गरिएको लगानीले गर्दा कम्पनीहरुको नाफा बढेको हो।
 
९ वटा जीवन बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ नाफा गरेका छन्। अघिल्लो वर्ष उनीहरुको नाफा एक अर्ब २० करोड रुपैयाँ थियो। 
 
लेखापरिक्षण विनाको वित्तीय विवरण अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको भने ६ प्रतिशतले नाफा घटेको छ। गत वर्ष ४ वटा कम्पनीले मात्रै लेखा परिक्षण गरेका छन्।
 
बीमा कम्पनीको एक्चुरियल भ्यालुएसन गर्दा बीमा कोष तथा पूँजी कोष बलियो भएका कम्पनीको नाफा बढ्ने हुँदा लेखापरिक्षण पछि नाफा बढ्छ। जस्तो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो वर्षको चौथो त्रैमाशिक वित्तीय विवरण प्रकाशित गर्दा नाफा ४१ करोड रुपैयाँ थियो तर लेखापरिक्षणपछि एक अर्ब रुपैयाँ नाघेको छ।

नाफा र चुक्ता पूँजी

बीमा कम्पनी नाफा बृद्धि चुक्ता पूँजी
गत वर्ष अघिल्लो वर्ष
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी 479257830 416545430 15.06 4396928648
एशियन लाइफ इन्स्योरेन्स कम्पनी 46054262 42116861 9.35 1256725471
लाइफ इन्स्योरेन्स कर्पोरेसन 109075773 116747927 -6.57 1334677500
मेट लाइफ इन्स्योरेन्स कम्पनी 259123000 222430000 16.50 0
गुराँस लाइफ इन्स्योरेन्स 57209595 41819168 36.80 594000000
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी 216367000 158788000 36.26 1784835000
सूर्या लाइफ इन्स्योरेन्स 121265000 111461000 8.80 1094821000
राष्ट्रिय बीमा संस्थान 19742469 6816403 189.63 181000000
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी 298359015 235523212 26.68 1656079588
जम्मा 1606453944 1205839001 36.94 12299067207

 
 ९ जीवन बीमा कम्पनीले आर्जन गरेको बीमा शुल्क

बीमा कम्पनी बीमा शुल्क आर्जन बृद्धि
गत वर्ष अघिल्लो वर्ष
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी 16017320127 12055925183 32.86
एशियन लाइफ इन्स्योरेन्स कम्पनी 2998587839 2291668082 30.85
लाइफ इन्स्योरेन्स कर्पोरेसन 10406256413 8523336666 22.09
मेट लाइफ इन्स्योरेन्स कम्पनी 3530864000 3017598000 17.01
गुराँस लाइफ इन्स्योरेन्स 1453422294 1131499167 28.45
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी 2212440000 1868452000 18.41
सूर्या लाइफ इन्स्योरेन्स 1664932000 1255706000 32.59
राष्ट्रिय बीमा संस्थान 3162676414 2754135723 14.83
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी 6133279891 4739571411 29.41
जम्मा 47579778978 37637892232 25.17

 
बीमा शुल्क आर्जनमा सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ। कम्पनीको बीमा शुल्क ३२.८६ प्रतिशतले बढेको छ। कम्पनीले गत वर्ष १६ अर्ब एक करोड रुपैयाँ आर्जन गरेको छ। नाफाको बृद्धिदरमा दोस्रो राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जन तर्फ भने सबै भन्दा कम १४.८३ प्रतिशतले मात्रै बढेको छ।

बीमा व्यवसाय बृद्धि गर्नेमा नेपाल लाइफ, एशियन लाइफ र सूर्या लाइफ आक्रामक देखिएका छन्। उनीहरुको बीमा शुल्क ३० प्रतिशतले भन्दा बढि छ।

चुक्ता पूँजी

बीमा कम्पनी चुक्ता पूँजी आवश्यक पूँजी  
 
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी 4396928648 0  
एशियन लाइफ इन्स्योरेन्स कम्पनी 1256725471 -743274529  
लाइफ इन्स्योरेन्स कर्पोरेसन 1334677500 -665322500  
मेट लाइफ इन्स्योरेन्स कम्पनी 0 -2000000000  
गुराँस लाइफ इन्स्योरेन्स 594000000 -1406000000  
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी 1784835000 -215165000  
सूर्या लाइफ इन्स्योरेन्स 1094821000 -905179000  
राष्ट्रिय बीमा संस्थान 181000000 -1819000000  
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी 1656079588 -343920412  
जम्मा 12299067207 -8097861441  

 
चौथो त्रेमाशिक वित्तीय विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाहेक अरुले पूँजी जुटाउन सकेका छैनन्। बीमा समितिले जीवन बीमा कम्पनीहरुको लागि न्युनतम चुक्ता पूँजी २ अर्ब पुर्याउन निर्देशन दिएसँगै सम्पुर्ण बीमा कम्पनी पूँजी जुटाउने क्रममा छन्।
 
मेट लाइफ इन्स्योरेन्स कम्पनीले अझै पनि बीमा समितिले निर्देशन गरेको पूँजी बृद्धिको योजना पेश गरेको छैन। समितिले कम्पनीलार्इ पूँजी नपुर्याएसम्म लाभांस लैजान नदिने बताउँदै आएको छ। ८ वटा बीमा कम्पनीको जम्मा चुक्ता पूँजी १२ अर्ब २९ करोड रुपैयाँ रहेको छ। बीमा समितिले तोकेको पूँजी जुटाउन ८ वटा बीमा कम्पनीलार्इ अझै ८ अर्ब रुपैयाँ आवश्यक पर्छ।