नक्साल ब्यांकेटमा टाटा कार मेला, अरु ल्याएर टाटाको कार किन्दा ‘वम्पर’ छुट

बिजमाण्डू
२०७५ भदौ १ गते १२:०३ | Aug 17, 2018
नक्साल ब्यांकेटमा टाटा कार मेला, अरु  ल्याएर टाटाको कार किन्दा ‘वम्पर’ छुट

Tata
GBIME
Nepal Life

काठमाडौं। सिप्रदी ट्रेडिङको टाटा मोटर्स कार मेला सुरु भएको छ।काठमाडौंको नक्साल ब्यांकेटमा भएको मेला तीन दिनसम्म चल्नेछ। प्रत्येक दिन विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म मेला चल्नेछ।

यो मेलामा चार लाख रुपैयाँसम्मको विशेष छुट, दुर्इ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनश, अन द स्पट फाइनान्स र वीमा सुविधा रहेको कम्पनीले जनाएको छ। मेलामा टेष्ट ड्राइभ लगायतका विभिन्न सांगितिक तथा मनोरञ्जनात्मक कार्यक्रम रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार गाडी बुकिङ गर्दा गोलाप्रथाबाट एक जोडीलार्इ यूरोप टुर,जोडीलार्इ थाइल्याण्ड टुर, हिराको औठी, दुर्इ जनालार्इ २ वर्षको निशुल्क सर्भिसिङ, तीन जनालार्इ कम्प्रिहेन्सिभ इन्स्योरेन्स र एक जनालार्इ ६ महिनासम्मको निशुल्क इन्धन दिइनेछ।

प्रत्येक टेस्ट ड्राइभमा लक्की ड्रमार्फत दुर्इ जनालार्इ प्रत्येक भ्यालुएसनमा फिल्मको टिकट दिइने कम्पनीले जनाएको छ। यो वाहेक गोलाप्रथामार्फत वासिङ कुपन वा फूल ट्याक इन्धन एक जनालार्इ दिने कम्पनीले जनाएको छ।मेलामा फेसबुक प्रतियोगिता अन्तर्गत लक्की ड्रमार्फत प्रत्येक दिन मोबाइल दिने कम्पनीले जनाएको छ।