श्रमिकको तलब खातामा पठाउनुपर्ने नियम आएपछि ज्योति विकास बैंकको आकर्षक स्कीम

बिजमाण्डू
२०७५ भदौ १ गते १२:४६ | Aug 17, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। ज्योति विकास बैंकले उच्च प्रतिफल दिने ज्योति श्रमजिवी बचत खाता संचालनमा ल्याएको छ।

सरकारले आगामी असोज मसान्तभित्र सबै संगठित संस्था, सरकारी निकायले आप्ना श्रमिक तथा कर्मचारीको तलव सुविधा बैंक खातामा पठाउनु पर्ने बाध्यकारी नियम ल्याएपछि बैंकले यो खाता संचालनमा ल्याएको हो। बैंकले यो खातामा ८ प्रतिशत ब्याजदर दिने जनाएको छ।

यो खाता खोल्नेलार्इ नि:शुल्क बीमा,विदेशी मुद्रा सटहीमा विशेष छुट,भिसा डेविट कार्ड,स्मार्ट मोबाइल बैंकिङ,एविविएस,सीआश्वा, चेकबुक, इन्टरनेट बैंकिङ नि:शुल्क पाउने बैंकले जनाएको छ।बैंकका अनुसार लकर सुविधा र गुड फर पेमेन्ट चेक जारी गर्दा विशेष छुट दिने बैंकले जनाएको छ।