सिटिजन्स बैंकले ल्यायो ७% ब्याजको नयाँ बचत खाता, ब्राण्ड एम्वास्डरमा ज्ञानेन्द्र मल्ल नियुक्त

बिजमाण्डू
२०७५ भदौ १ गते १४:३० | Aug 17, 2018
सिटिजन्स बैंकले ल्यायो ७% ब्याजको नयाँ बचत खाता, ब्राण्ड एम्वास्डरमा ज्ञानेन्द्र मल्ल नियुक्त


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले प्रदेशका नेपालीलाई लक्षित गर्दै नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ। नयाँ खाता गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र बैंकका ब्राण्ड एम्वेस्डर ज्ञानेन्द्र मल्लले सार्वजनिक गरेका छन्।
न्यूनतम १०० रुपैयाँ मौज्दातमा खोल्न सकिने खाता खोल्नेले अन्तर शाखा कारोबार निशुल्क रुपमा गर्न सक्छन्। साथै मोबाइल, अनलाइन कारोबार र डेबिट कार्ड पनि निशुल्क उपलब्ध हुने छ।
खाता खोल्नेले लकर शुल्कमा ५० प्रतिशत छुट प उने छ भने विदेशी मुद्रामा ड्राफ्ट तथा स्वीफ्ट जारी गर्दा पनि ५० प्रतिशत छुट उपलब्ध हुने छ।
बैंकले दैनिक मौज्दातमा सात प्रतिशत ब्याज उपलब्ध गराउने छ। ब्याज त्रैमासिक रुपमा भुक्तानी हुने छ। बैंकका ७९ शाखा, ७१ एटिएम र ९९ शाखारहित बैंकिङ इकाइहरु छन्। यसैबीच बैंकले आफ्नो ब्राण्ड एम्वेस्डरमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life