शेयर बजारमा यो साता उत्साहजनक बृद्धि, कारोबार रकम र सूचक दुबै फराकिलो अंकले बढ्यो

बिजमाण्डू
२०७५ भदौ १ गते १५:१० | Aug 17, 2018


काठमाडौं। शेयर लगानीकर्ताकालागि यस साताको साप्ताहिक कारोबार उत्साहजनक देखिएको छ। साताभरिको कारोबारमा कारोबार रकम र सूचक दुबैमा फराकिलो अंकको बृद्धि आउँदा कारोबार उत्साहजनक देखिएको हो।

Tata
GBIME
Nepal Life

यो साता सूचक ४६.३८ अंकले बढेको छ भने कारोबार रकम ५६.१० प्रतिशतले बढेको छ।

यस साता शेयर बजारमा १८५ कम्पनीको शेयर खरिद बिक्री भयो। यस्तै साताभरमा ४५ लाख दुइ हजार चार सय ५० कित्ता शेयर एक अर्व ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँमा कारोबार भयो। जुन अघिल्लो साता भन्दा ५६.१० प्रतिशत बढि हो। अघिल्लो साता १८१ कम्पनीका ९१ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो।

साता भरिमा सूचक पहिलो दिनको तुलनामा ४६.३८ अंकले बढेर १२१०.३२ अंकमा उक्लिएको छ। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.६८ अंकले बढेर २५५.३८ अंकमा उक्लिएको छ।

साप्ताहिक कारोबारमा आएका होटल बाहेक सबै उपसूचक यो साता बढेका छन्। होटल १.९ अंकले घटेको छ।

यो साता कारोबार रकम सात करोड ८४ लाख रुपैयाँको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भयो।

शेयर कित्ताको आधारमा मेघा बैंक र कारोबार संख्याको आधारमा आरम्भ माइक्रोफाइनान्सले अग्रता लिएका छन्।