दुई बित्तीय संस्थाको लाभांश घोषणा, आइसिएफसी फाइनान्स र स्वरोजगारी लघुवित्तले कति दिए?

बिजमाण्डू
२०७५ भदौ १ गते १६:०१ | Aug 17, 2018


काठमाडौं।आइ.सि.एफ.सी फाइनान्स कम्पनीले गत बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। फाइनान्सको बिहीबार बसेको संञ्चालक समिति बैठकले आठ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पूँजी ८० करोड रुपैयाँ पुगिसकेको फाइनान्सले यस बर्ष नगद लाभांशमा जोड दिएको छ। 

शेयरधनीले उक्त घोषित लाभांश नेपाल राष्ट्र बैक र साधारणसभाबाट पारित भएपछि पाउने छन्।

गत बर्ष फाइनान्सले नौ करोड ८४ लाख रुपैयाँ नाफा गरेको थियो। हाल फाइनान्सको चुक्ता पूँजी ८८ करोड रुपैयाँ पुगेको छ।   

यसैगरी स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। संस्थाले गत वर्षको मुनाफाबाट संस्थाले २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ।

बिहीबार बसेको संस्थाको सञ्चालक समिति बैठकले उक्त प्रस्ताव पारित गरेको हो। संस्थाले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैक र संस्थाको साधारणभावाट पारित भएपछि शेयर धनीले पाउने छन्।

संस्थाले गत वर्ष तीन करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो।हाल संस्थाको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ छ।

बोनस वितरणपछि संस्थाको चुक्ता पूँजी साढे १४ करोड रुपैयाँ पुग्ने छ। संस्थाको जगेडा कोषमा ६ करोड ६४ लाख रुपैयाँ जम्मा छ।