माछापुच्छ्रे बैंकले नियुक्त गर्यो फरक विधाका तीन खेलाडीलार्इ ब्राण्ड एम्बेस्डर

बिजमाण्डू
२०७५ भदौ १ गते १६:५१ | Aug 17, 2018
माछापुच्छ्रे बैंकले नियुक्त गर्यो फरक विधाका तीन खेलाडीलार्इ ब्राण्ड एम्बेस्डर


Tata
GBIME
Nepal Life

काठमाडौं। माछापुच्छ्रे बैंकले तीन जना खेलाडीलार्इ ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ।बैंकले मिरा रार्इ,प्रतिमा शेर्पा र आर्यन गिरीलार्इ एम्बेस्डर नियुक्त गरेको हो।

राई नेपाली म्याराथन खेलाडी हुन्।उनले विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी छिन् ।राईले २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गर्न सफल भएकी थिर्इन् । राई नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर‘को उपाधि जितेकी थिर्इन्।

शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन् । रोयल नेपाल गल्फ क्लबमा हुर्किएकी शेर्पाले १५ वर्षकै उमेर देखि खेलको प्रशिक्षण थालेकी हुन्।उनले पूर्व विश्व नं. १ टाईगर उड्सलाई समेत भेटेकी थिर्इन्।दुईमहिने अमेरिका भ्रमणका दौरान ईसपीएनले वृतचित्र समेत बनाएको थियो।गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन्। ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेका गिरी बर्न सर्भाइभर हुन्।उनले नेपाल अन्डर १४को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् ।

पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले प्रतिभावान खेलाडीलार्इ बैंकमा आवद्घ गर्न पाउन गौरवान्वित भएको बताए । बैंकका पूर्व अध्यक्ष तथा पूर्व सांसद डा. बीरेन्द्रप्रसाद महतोले बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुले बैंकलाई अझै उचाईमा पुयाउने बताए।