मिसन २ अर्ब: एसियन लाइफले १०: ६ हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रवन्धक नियुक्त






काठमाडौं।एसियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ।
Tata Nexcon AMT


कम्पनीले साविक १० बराबर ६ शेयर हकप्रद निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटलार्इ नियुक्त गरेको हो।सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र बिक्री प्रबन्धककातर्फ बाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरे।

कम्पनीले प्रति शेयर एक सयको दरले ७५ लाख ४० हजार कित्ता शेयर निष्कासन गर्नेछ। हकप्रद शेयर निष्कासन गरेपछि कम्पनीको कुल चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ पुग्ने छ। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो वित्तीय विवरण अनुसार जीवन वीमा कोष १३ अर्ब १३ करोड रुपैयाँ रहेको छ।कम्पनीका अनुसार १२ अर्ब २९ करोड ९६ लाख रुपैयाँ लगानी गरेको छ। कम्पनीले २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत सेवा दिँदै आएको छ।

    


Share this Story

   

मिसन २ अर्ब: एसियन लाइफले १०: ६ हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रवन्धक नियुक्त को लागी १ प्रतिक्रिया(हरु)

Hari bahadur thapa[ 2018-10-29 12:25:44 ]
1 किता सेयर बराबर कति मूल्य पर्छ यो हकप्रद सेयर खरिद गर्दा कहाँ के के पेस गर्नु पर्छ ।

   हालसम्म ३४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.