सेन्चुरी बैंक र खल्ती वालेटबीच सम्झौंता, वस्तु तथा सेवाको भूक्तानी मोबाइलबाट गर्न सकिने

बिजमाण्डू
२०७५ भदौ ६ गते १७:१५ | Aug 22, 2018
सेन्चुरी बैंक र खल्ती वालेटबीच सम्झौंता, वस्तु तथा सेवाको भूक्तानी मोबाइलबाट गर्न सकिने

Tata
GBIME
Nepal Life

काठमाडौं।सेन्चुरी कमर्सियल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भूक्तानीका लागि सम्झौंता भएको छ।

सम्झौंतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र खल्तीका तर्फबाट निर्देशक अमित अग्रवालले हस्ताक्षर गरे।सम्झौता अनुसार बैंकका ग्राहकहरुले मोबाईल बैंकिङमार्फत‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भूक्तानी गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

 “सेन्चुरी बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । बैंकका ग्राहकहरुले बैंकबाट पैसा झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथासेवाको भुक्तानी गर्न सक्नुहुनेछ । नगदपैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो ”उनले भने।

खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भूक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।