शेयर संसारले ल्यायो एसएसप्रो सफ्टवेयर, ‘लगानीकर्तासँग कति कन्फिडेन्स छ त्यो पनि नापिने’



बिजमाण्डू
२०७५ भदौ १३ गते १६:२१ | Aug 29, 2018


काठमाडौं। शेयर संसार डट कमले 'एसएसप्रो' सफ्टवेयर सार्वजनिक गरेको छ। लगानी गर्नका लागि आवश्यक हुने कम्पनीहरुको आर्थिक विवरणहरु लाइभ चारंट सफ्टवेयर, वाचलिस्ट, पोर्टफोलियोजस्ता विशेषताहरु यसमा छन्।

Tata
GBIME
Nepal Life

सफ्टवेयरमा नेपालमै पहिलो पटक क्याल्कुले६र र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर पनि रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।

'कम्पनीहरुले प्रकाशित नगर्ने तर लगानीको लागि महत्वपूर्ण हुने दर्जनभन्दा बढि वित्तीय अनुपातहरु, बजारको गहिरोसँग विश्लेषण गर्ने उपकरणहरु, सामूहिक लगानी कोषहरुको खरीद विक्री विश्लेषण एसएसप्रोमा छ' कम्पनीका प्रबन्ध निर्देशक सन्दीपविक्रम राणाले भने।