आर्थिक संकटबाट पार लगाउन भेनेजुयलाका राष्ट्रपति चीन भ्रमणमा, थप ऋण माग्ने पूरानोको म्याद थप्ने





बेइजिङ। भेनेजुयलाको आर्थिक संकटबाट देशलाई माथि उठाउने प्रयासस्वरुप राष्ट्रपति निकोलास माडुरो बिहीबार चारदिन लामो चीन भ्रमणमा निस्किएका छन्।

भेनेजुयलाको सबैभन्दा ठूलो ऋणदाता चीनमा रहँदा माडुरोले भेनेजुयलाको आर्थिक तथा राजनीतिक सङ्कटलाई पार लगाउने बिषयमा चिनियाँ राष्ट्रपतिलगायतका उच्च पदस्थ अधिकारीसँग कुराकानी गर्नेछन्। राजधानी कराकसबाट चीनका लागि छुट्नु पहिले माडुरोले सञ्चारकर्मीसँग भने, “भ्रमण अत्यन्तै आवश्यक, समयोचित र धेरै अपेक्षाकासाथ गर्न लागिएको छ ।”


उनले भने, “आर्थिक सुधारका कार्यक्रमपछि अहिले हामी केही सहज अवस्थामा रहेका छौँ । हाम्रो आगामी यात्रा आर्थिक विकास र समृद्धिका लागि हुनेछ । हामी विश्वका शक्तिराष्ट्रसँगको सम्बन्ध विस्तार गर्ने तथा प्रगाढ बढाउनेतर्फ  लागिपरेका छौँ ।”माडुरो आइतबारसम्म चीन रहने चिनियाँ समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार माडुरोलाई चिनियाँ राष्ट्रपति सी चिनपिङले एक कार्यक्रमबीच स्वागत गर्नेछन्।नियमित पत्रकार सम्मेलनमा भेनेजुयलाका राष्ट्रपतिको भ्रमणबारे गरिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता सुवाङले भने, “ भेनेजुयली राष्ट्रपतिको यो भ्रमणले दुई देशबीचको आपसी विश्वास बढाउनुका साथै आपसी फाइदा तथा मित्रवत सहकार्यलाई बलियो बनाउनेमा सफल हुनेछ ।”

सामाजिक प्रतिक्रियाका आधारमा पछिल्लो सरकारले आर्थिक तथा वित्तीय सुधारका कार्यक्रमलाई प्रोत्साहित गरेको उनले बताए । मलाई लाग्छ भेनेजुयलाको स्थायी विकास सबै सम्बद्ध पक्षको हितका लागि हुनेछ । ओपेक सदस्य राष्ट्र भेनेजुयलालाई चीनले विगत एक दशकमा ५० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएको थियो । जसम्ध्ये पेट्रोलियम पदार्थ आपूर्तिमार्फत ल्याटिन अमेरिकी राष्ट्र भेनेजुयलाले ३० अर्ब अमेरिकी डलर फिर्ता गरेको छ भने अझै २० अर्ब अमेरिकी डलर ऋण तिर्न बाँकी छ ।

माडुरोको चीन भ्रमणमा थप ५ अर्ब ऋण थप्ने र पूरानो ऋणको म्याद आगामी छ महिना बढाउने कार्यक्रम रहेको भेनेजुयली संस्था इकोनालिटिकाले जनाएको छ ।यसै हप्ता चीनको भ्रमण गरेका भेनेजुयली उपराष्ट्रपति डेल्सी रोड्रिगेजले चाइना डेभलपमेन्ट बैङ्कका अधिकारीसँग पनि यसै बिषयमा भेट गरेका थिए। माडुरोको सरकार भेनेजुयलाको आर्थिक सङ्कटका कारण यहाँको राष्ट्रिय मुद्रामा व्यापक गिरावट आएको छ ।
 

Share this Story

   

आर्थिक संकटबाट पार लगाउन भेनेजुयलाका राष्ट्रपति चीन भ्रमणमा, थप ऋण माग्ने पूरानोको म्याद थप्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.