सफलताका लागि ‘मीरा’ मन्त्र: ननिदाइ देखेका सपना सजिला हुँदैनन्, दुई हरफमा जीवनको सार

भावना शर्मा/बिजमाण्डू
२०७५ भदौ ३१ गते १०:१० | Sep 16, 2018
सफलताका लागि ‘मीरा’ मन्त्र: ननिदाइ देखेका सपना सजिला हुँदैनन्, दुई हरफमा जीवनको सार


Tata
GBIME
Nepal Life
कुनै पनि सामाग्री उत्पादन र बिक्रीमा चारवटा पक्ष महत्वपूर्ण हुन्छ। डिजाइन, टेक्नोलोजी, म्यानेजमेन्ट र मार्केटिङ टेक्निक यी सबै पक्ष भएन भने सामान स्टोरमा थन्क्याउनुको बिकल्प हुन्न। संघले उत्पादकहरुलाई अग्रिम कच्चापदार्थ उपलब्ध गराउँछ र डिजाइनहरु बारे पनि सिकाउँछ। 

मीरा भट्टराई तिनताका पिके कलेज पढ्थिन्। त्यसबेला अटो भर्ने चलन उधुमै थियो। एउटा डायरी दिएर भएजति साथीभाई र सरमिसहरुलाई ‘मेमोरी’ का लागि केही लेख्न र फोटो टाँस्न लगाइन्थ्यो। लहड न हो, मीराले पनि अटो बनाइन्। 

एउटा मोटो डायरी उनले पालैपालो सबैलाई भर्न लगाइन्। धेरैले धेरै कुरा लेखेर फिर्ता दिए। डायरी हात परेपछि सर्सरी पल्टाउँदै गइन्। तर लहडै लहडमा भरेको अटोले उनको जीवनमा भुल्न नसक्ने छाप छोडिदियो। अटोमा कसैले लेखिदिएको थियो दुई लाइनको यस्तो कविता।

"काम गर्नकै लागि यस धर्तीमा आएका छौं भने फुर्सद नै कहाँ हुन्छ र
जाँगर नै जीवन हो भने निष्क्रियता नै मृत्यु हो भन्नेमा शंका नै कहाँ छ र!"

दुई हरफ पढिनसक्दै उनको आँखा पानाको पुछारमा पुगिसकेको थियो। कौतुहल भयो मीरालाई कसले लेख्यो होला यतिबिघ्न मनमा गढ्ने कुरा! पुछारमा लेखिएको नाम थियो शिवगोपाल रिसाल। उनी थिए मीराका नेपाली गुरु। रिसाल गुरु पद्मकन्या कलेजमा मीराहरुलाई नेपाली पढाउँथे। 

उनले कक्षाकोठामा बिद्यार्थीलाई किताब मात्रै पढाएनन्, मीराको कलिलो मष्तिष्कमा यीनै दुई हरफहरुबाट जीवनको सार खोलिदिए। गुरुका अक्षरहरुले मीरालाई सँधै कामको पछि दौडिइरहन निरन्तर उर्जा दिइरह्यो। नजाने जीवनका अनगिन्ती पाटाहरु कता कता छुटे तर मीराले सँधै कर्मलाई नै जीवनको मिसन बनाइन्।  

मीरा भन्छिन्-  गुरुका यिनै हरफहरुमा मैले जीवनको अर्थ खोजें। र त मीरालाई गुरुका हरफहरु अहिलेसम्म कण्ठ छन्। मानिसले जीवनमा सबै कुरा भुल्न सक्छ तर जे जस्ता कारणले जीवन बदलिन्छ त्यो क्षण, त्यो बस्तु र त्यो ब्यक्तिलाई कहिल्यै भुल्न सक्दैन। 

कसैले भुलें भन्छ भने त्यो झुठ हो। मीरालाई झुठ बोल्नु छैन त्यसैले भन्छिन्- ‘मेरा गुरुको आशिर्वाद बनेर आएको थियो त्यो कविता। मैले सक्रिय बाँच्ने उर्जा त्यसैबाट पाइरहेकी छु।’ ६६ वर्षकी मीराले देखाइरहेको सक्रियता हेर्दा लाग्छ ‘निष्क्रियता नै मृत्यु हो’ भन्नेमा उनी विश्वस्त छिन्। 

हस्तकला उत्पादक संघकी संस्थापक तथा निर्देशक मीराले लामो समय महिला संगठनमा काम गरिन्। महिला संगठन केन्द्रीय कार्यालयको परियोजना निर्देशक भएर उनले देशभर घुमिन्। त्यसै क्रममा उनले हस्तकलाको माध्यमबाट महिलालाई आयआर्जनको बाटोमा अघि सार्ने काम थालिन्। 

पूण्यप्रभादेवी ढुंगाना र कमल रानाहरुलाई उनी आफ्नो मेन्टर मान्छिन्। महिला संगठनमा लामो समयसम्म काम गरेपछि उनलाई लाग्यो अब आफैँले केही गर्नुपर्छ। महिला संगठनप्रति निराशा र केही थान गुनासा बोकेर उनी बाहिरिइन्। लगत्तै उनले नन् प्रोफिट अर्गनाइजेसनका रुपमा स्थापना गरिन् ‘हस्तकला उत्पादक संघ’ जहाँबाट उनले पुरानै अनुभवलाई नयाँ ढंगले अघि बढाइन्। यो बि.सं. २०४१ सालको कुरा हो।

सानै छँदादेखि उनी ठूलो ठूलो इगो बोक्थिन्। स्कुल पढ्दा प्राय एउटा मात्र स्वेटर हुने, त्यो पनि आमाले बुनिदिएको। मीनपचासको बिदामा घरमा बस्दा लगाएर माडेपछि त्यो स्वेटर थोत्रिन्थ्यो। फेरि अर्को जाडो नआइ आमाले स्वेटर नबुनिदिने। स्कुल जाँदा कहिलेकाहीँ पानी परेको दिन स्वेटर नलगाए जाडो हुन्थ्यो। एकदिन झमझम पानी पर्यो।

महिला संगठनमा छँदा उनले डिजाइनर ल्याएर मार्केट ओरियन्टेड प्रोडक्ट बनाउन सुरु गरेकी थिइन् तर उनकै भनाईमा त्यो राजनीतिक रुपमा प्रभावित भयो। उत्पादनहरुको भण्डार मात्र सिर्जना भयो त्यसले बजार पाउन सकेन। मीराले थालेको काम सेल्फ सस्टेन भएन। सामान बिक्री नभएपछि उनलाई जिल्ला जिल्लाको रमाइलो मेलामा पसल थाप्न भनियो। 

उत्पादन बोकेर जिल्ला जाँदा त्यहाँ पनि फ्रस्टेसन सिवाय केही हात लागेन। महिला संगठनमा बिताएका दिनहरु सम्झँदा मीरालाई लाग्छ त्यो भोगाइको यस्तो पाठशाला थियो जहाँ उनले परियोजनामा राजनीति मिसियो भने सफलतामा कसरी बाधा पुग्छ भन्ने सिकिन् अनि महिलालाई अघि बढाउने हो भने उनीहरुका लागि आय आर्जनको बाटो खोलिदिनुपर्ने बास्तविकतासँग परिचित भइन्। 

त्यो बेला उनको महिला संगठन छोड्ने निर्णय सानो थिएन। त्यसबेला महिला संगठनमा राजपरिवारकी प्रिन्सेप शाह, तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायतको बलियो पकड थियो। ‘मीराको माथिसम्म राम्रो लिंक छ’ भन्थे। यसले उनलाई जागिर छोड्ने बेला निकै ठूलो मानसिक दबाब भयो। आफ्नै संस्था खोलेर अझ राम्रो गरेर देखाउँछु भन्ने इख थियो तर त्योसँगै आएको ‘साइकोलोजिकल टर्चर’ सहिनसक्नु भएको उनी सम्झिन्छिन्। 

उनलाई रातभर निन्द्रा लाग्दैन थियो। आफैँसँगको द्वन्द्वमा उनी रात बिताउँथिन्। उनले आँटेको कुरो ठूलो थियो। पुर्याउन सकुँला नसकुँला जस्तो लाग्दालाग्दै राती आँखा जोडिदैँनथे। जुन सपना मीराले देखेकी थिइन् त्यसका लागि उनका आँखाहरुले निन्द्रा पनि पाएनन्।

रविभवनमा पहिलोपटक चार हजार बर्ग स्क्वायर फिटको भाडाको घरबाट सुरु गरेको हस्तकला उत्पादक संघको आज ४५ हजार वर्गफिटको आफ्नै घर छ। पाँच जना कर्मचारीबाट काम सुरु भएको कार्यालयमा अहिले ६० भन्दा बढी स्टाफ छन्। ३० जना उत्पादकबाट सुरु भएको काममा अहिले १ हजारभन्दा बढी उत्पादक सामेल छन्।  

रविभवनमा पहिलोपटक चार हजार बर्ग स्क्वायर फिटको भाडाको घरबाट सुरु गरेको हस्तकला उत्पादक संघको आज ४५ हजार वर्गफिटको आफ्नै घर छ। पाँच जना कर्मचारीबाट काम सुरु भएको कार्यालयमा अहिले ६० भन्दा बढी स्टाफ छन्। ३० जना उत्पादकबाट सुरु भएको काममा अहिले १ हजारभन्दा बढी उत्पादक सामेल छन्।  

सुरुवातमा जम्मा ३ वटा क्याटेगोरीबाट थालेकोमा अहिले २२ वटा क्याटेगोरीमा सामान उत्पादन हुन्छ। सबैभन्दा ठूलो कुरा यो प्रक्रियामा ९८ प्रतिशत महिलाहरु नै सामेल छन्। मीरा भन्छिन्- ‘महिला सशक्तीकरण फेसनेबल शब्द होइन। उनीहरुलाई सिप सिकाउनुपर्छ ताकि उनीहरुले केही पैसा कमाउन सकुन्। महिलाको हातमा पैसा नभइ उनको बोली बिक्दैन। पैसाको लागि सिप जान्नैपर्छ। सिप सिकाइदिनुपर्छ, त्यो पो त इम्पावरमेन्ट।’ मीराले निम्न बर्गका महिलाहरुको इम्पावरमेन्टका लागि जीवनका उर्जावान ४० वर्ष खर्चिइसकेकी छिन्।

सुरुका केही समय डोनरबाट चलेको हस्तकला उत्पादक संघ स्थापनाको तीन वर्षमै आत्मनिर्भर भयो। सिलाई, ब्लक प्रिन्ट र बुनाइबाट मात्र काम सुरु गरेको संघसँग अहिले २२ प्रकारका उत्पादनहरु छन् जुन नेपालमा भन्दा बढी स्विजरल्याण्ड, जर्मनी र अमेरिकी बजारमा बिक्री हुन्छन्।

नेपालमा ‘ढुकुटी’ आउटलेटबाट आन्तरिक बजारमा ३० प्रतिशत हस्तकलाका सामान बिक्री हुन्छ। संस्थाले निर्यात र स्थानीय बजारमा गरी बार्षिक १० करोड रुपैयाँभन्दा माथिको ब्यापार गर्छ। फेयर ट्रेडको अन्तराष्ट्रिय संस्थामा आबद्ध यो संस्था मेन स्ट्रिम मार्केटमा गएको ३४ वर्ष भैसकेको छ।  

मीरा काठमाडौंको सोल्टीमोडमा जन्मिइन्। लैनचौरको कन्या हाइस्कूल र पद्मकन्या कलेज पढिन्। कान्छी छोरी भएपनि मीराले आमाबुबाबाट कान्छो सन्तानले पाउने त्यो ‘लाडप्यार’ पाइनन् किनभने उनी निकै जिद्दी र हठी स्वभावकी थिइन्। दुई दाजु र एक दिदीको कान्छी बहिनी मीरा यति जर्कटी थिइन् कि नरम स्वभावकी उनकी दिदी मात्रै सँधै आमाबुवाको प्रिय हुन्थिन्। 

सानै छँदादेखि उनी ठूलो ठूलो इगो बोक्थिन्। स्कुल पढ्दा प्राय एउटा मात्र स्वेटर हुने, त्यो पनि आमाले बुनिदिएको। मीनपचासको बिदामा घरमा बस्दा लगाएर माडेपछि त्यो स्वेटर थोत्रिन्थ्यो। फेरि अर्को जाडो नआइ आमाले स्वेटर नबुनिदिने। स्कुल जाँदा कहिलेकाहीँ पानी परेको दिन स्वेटर नलगाए जाडो हुन्थ्यो। एकदिन झमझम पानी पर्यो।

उनलाई रातभर निन्द्रा लाग्दैन थियो। आफैँसँगको द्वन्द्वमा उनी रात बिताउँथिन्। उनले आँटेको कुरो ठूलो थियो। पुर्याउन सकुँला नसकुँला जस्तो लाग्दालाग्दै राती आँखा जोडिदैँनथे। जुन सपना मीराले देखेकी थिइन् त्यसका लागि उनका आँखाहरुले निन्द्रा पनि पाएनन्।

जाडोले काम्दै काम्दै स्कुल पुगिन् मीरा। सरले ‘किन स्वेटर नलगाइ आको?’ भनेर सोधे। दुबै हात बाँधेर हत्केलाले काँडा उम्रिएका पाखुरा छोप्दै उनले भनिन्- ‘मलाई जाडो भा कै छैन सर’ उनमा यति ठूलो कम्प्लेक्स थियो कि उनले सरलाई यति पनि भन्न सकिनन् ‘सर मसँग स्वेटर छैन।’ अहिले मीराको आँखै अगाडि हजारौं स्वेटर बुनिन्छन्। निम्न बर्गका सयौं महिलाको रोजीरोटीको स्रोत बनेकी छिन् मीरा। बितेका दिनहरुलाई फर्केर हेर्दा उनलाई आफ्नै मनले भन्छ रे- मीरा तँ  निकै हठी स्वभावकी होस्। 

मीरालाई थाहा छ हातले बनाएका सामान भनेर मात्रै बिदेशमा यस्ता सामाग्री बिक्दैनन्। अहिले त मार्केट ट्रेन्ड अनुसार बजार पनि खोज्ने किसिमको उत्पादन चाहिन्छ। त्यसैले मीरा सामाग्रीहरुमा परिमार्जन र नयाँ प्रयोग गरिरहन्छिन्। 

‘हातले बनाएको हो अलिअलि अमिल्दो त भैहाल्छ नि भनेर बिदेशीलाई कन्भिन्स गर्न खोज्छौं हामी। तर उनीहरुको हस्तकलाका सामाग्रीमा हुने फिनिसिङ हेर्यो भने हामीले लाज मान्नुपर्छ।’ – मीरा भन्छिन् ‘बिदेशीहरुको आफ्नै उत्पादन क्वालिटी त्यति राम्रो छ भने उनीहरुले हामीसँग सामाग्री लिन हामीमा केही बिशेषता त हुनै पर्छ। हामीले पनि फिनिसिङ र क्वालिटी दिनै पर्छ।’

कुनै पनि सामाग्री उत्पादन र बिक्रीमा चारवटा पक्ष महत्वपूर्ण हुन्छ। डिजाइन, टेक्नोलोजी, म्यानेजमेन्ट र मार्केटिङ टेक्निक; यी सबै पक्ष भएन भने सामान स्टोरमा थन्क्याउनुको बिकल्प हुन्न। संघले उत्पादकहरुलाई अग्रिम कच्चापदार्थ उपलब्ध गराउँछ र डिजाइनहरु बारे पनि सिकाउँछ। 

हस्तकला उत्पादक संघ अन्तराष्ट्रिय संस्था फेयर ट्रेडमा आबद्ध छ। यसबाट साझा मुद्दाहरुमा मिलेर अघि बढ्न सजिलो पनि भएको छ। सबै एक अर्काका प्रतिश्पर्धी भए पनि मिलेर ढुवानी गर्दा सस्तो पर्छ। ज्वाइन्ट मार्केटिङ गर्दा सस्तो पर्छ।  एकै ठाउँमा उत्पादकलाई तालिम दिन पनि सहज हुन्छ। एक्लोभन्दा समूह मिलेर जाँदा बलियो भइन्छ। यसरी सहकार्य गर्दा ‘वर्क फोर्स’ लाई ‘प्रोडक्टिभ’ बनाउन सकिन्छ भन्ने मीरालाई राम्रोसँग थाहा छ। त्यसैले उनी सानातिना कम्प्रमाइज गर्न पछि पर्दिनन्। 

पूण्यप्रभादेवी ढुंगाना र कमल रानाहरुलाई उनी आफ्नो मेन्टर मान्छिन्। महिला संगठनमा लामो समयसम्म काम गरेपछि उनलाई लाग्यो अब आफैँले केही गर्नुपर्छ। महिला संगठनप्रति निराशा र केही थान गुनासा बोकेर उनी बाहिरिइन्। लगत्तै उनले नन् प्रोफिट अर्गनाइजेसनका रुपमा स्थापना गरिन् ‘हस्तकला उत्पादक संघ’ जहाँबाट उनले पुरानै अनुभवलाई नयाँ ढंगले अघि बढाइन्। यो बि.सं. २०४१ सालको कुरा हो।

अहिले बिदेशमा सबैभन्दा धेरै बजार फेल्टका सामाग्रीको छ। यस्तै तामाको पाता ठोकेर बनाइएको टि टेबुलले पनि बिदेशीलाई आकर्षित गरेको छ। ‘अचेल गाग्रा, खड्कुलोको चलन हराउँदै गयो। पाल्पामा खड्कुलो गाग्रोका उत्पादकले काम पाएका छैनन्। हामीले उनीहरुलाई डाइभर्सिटीकेसन गर्यौ। उनीहरुबाट हामीले तामाको फूलदान, लोटस बोउल, टेबुल बनाउन लगायौं। यसले बजार पाएको छ अनि मार्केट ट्रेन्ड पनि बदलेको छ।' आफूलाई अब्बल साबित गर्न र अघि ल्याउन पनि हरेक पटक डिजाइन चेन्ज गर्नुपर्छ मीरा भन्छिन्।  

समय समयमा उत्पादनहरुको टेक्निकल अपग्रेड गर्ने नीति संस्थाले लिएको छ। संस्थाले सन् २००३ मा टेक्निकल अपग्रेड सुरु गर्यो। अहिले संघले ठूला लगानीकर्ताका रुपमा काम गरिरहेको छ। टेक्सटायलमा टेक्निकल अपग्रेड गर्नका लागि भारतको अहमदाबादबाट ठूला ठूला मेशिनहरु ल्याइएको छ। सेरामिक्समा पनि टेक्निकल अपग्रेड गरिएको छ।  तर ति मेशिनहरु कामदार बिस्थापित गर्न नभइ उत्पादनको गुणस्तर कायम गर्नका लागि हो, मीरा भन्छिन्। ‘क्वालिटी बढ्यो भने प्रोडक्ट बिक्छ अनि त धेरैलाई काम दिन सकिन्छ’ सरल छ उनको मन्त्र। 

हस्तकलाको क्षेत्रमा काम गर्न सजिलो छैन। नाकाबन्दी र भूकम्पले थलिएको संस्था तीन वर्षदेखि नोक्सानमा चलिरहेको छ। ९५ प्रतिशत कच्चा पदार्थका लागि बिदेशकै भर पर्नुपर्छ। न्युजिल्याण्डबाट उन ल्याएर न्यूजिल्याण्डमै फिनिस प्रोडक्ट पठाउनुपर्ने बाध्यता छ। बजारमा उत्पादन पठाएको साता दिन बितेको हुन्न नक्कली छ्याप्छ्यापती भैसक्छ। कहिले हामी कच्चा पदार्थमा आत्मनिर्भर बन्ने? निराशाले नछोप्ने पनि होइन मीरालाई।

भूकम्पले संस्थालाई घाटा मात्रै लागेन। त्यसको ट्रमा अझैपनि छ। अचेल उनी हेयर ड्रायर चलाउन सक्दिनन्। आवाजले अत्यास लागेर आउँछ। आफ्नै संस्थामा काम गर्ने एकजना महिला भूकम्पकै कारण मानसिक रोगी बनिन्। सिलाइको काम गर्ने उनी काम गर्दागर्दै उठेर भाग्थिन्। दौडदैँ आएर मीरालाई म्याम मलाई बचाउनुस् भन्दै अंगाल्थिन्। आतंकित मानसिकताले उनलाई यतिसम्म गाँज्यो कि ६ महिनापछि उनी मानसिक रोगी नै भइन्।  

मीरा हस्तकला उत्पादक संघको भवनलाई सिक्ने थलोका रुपमा बिकास गर्न चाहन्छिन्। उनी यस केन्द्रलाई डिजाइनमा इन्भेन्सन गर्ने ठाउँको परिचय दिलाउन चाहन्छिन्। उनलाई युवा पुस्तालाई हस्तकलामा पैसा र इज्जत दुवै छ भनेर पनि सिकाउनु छ। म्यानेजेरियल स्किल दिने अनि नपढेकालाई अन द जब ट्रेनिङ दिने स्कुल बनाउनु छ। उनलाई राम्ररी थाहा छ ‘ननिदाइ देखेका सपनाहरु सजिला हुँदैनन्।’

मीरालाई त्यो घटनाले अझ बढी संवेदनशील बनायो। उनी भूकम्प पीडितका लागि बढी फोकस्ड भइन्। संस्थाले भूकम्प पीडितलाई घर बनाउन तीन तीन लाख रुपैयाँ सहयोग गरेको छ। भुकम्पमा परेर कति उत्पादकहरुको घर भत्कियो। घरसँगै तान पुरियो, कपडा, धागो कता हराए कता। न बास छ न काम। त्यसले मीरालाई बिचलित बनायो। उनले तत्काल काठमाडौं उपत्यकाका चार स्थानमा वर्कशप बनाइन्। थानकोटको भित्री गाउँमा एउटा, किर्तीपुरमा एउटा र लुभुमा दुईवटा वर्कशप भुकम्पपछि बनेका हुन् जहाँ उत्पादकले हस्तकलाका सामाग्रीहरु बनाउँछन्। 

हिजोजस्तै लाग्छ मीरालाई उनकी आमाले माग्नेहरुलाई कहिल्यै पैसा दिन्नथिन्। उनी माग्न आउनेलाई बगैँचामा लगेर राख्थिन् अनि भान्छामा पकाएर खानेकुरा खान दिन्थिन्। जानेबेला पुरुष भए बुबाका लुगाफाटा अनि महिला भए आफ्ना लुगाफाटा दिएर पठाउँथिन्। अर्कोपटक माग्ने आउँदा बुबाले यसो हेरेर भन्थे ‘ल हेर मेरो कमिज त माग्नेलाई पो दिइछ!’ आमा भगवती मुस्काउँदै घरभित्र पस्थिन्। 

यो सबै  हेर्दै हुर्किएकी मीरालाई सानैदेखि आफूभन्दा सानो र कमजोरलाई माया गर्नुपर्छ भन्ने पर्यो। बुबा बद्रीनाथले उनलाई मितब्ययी तरिकाले जीवन बिताउन सिकाए। साइकोलोजी र अंग्रेजीमा स्नातक मीराले सँधै अरुको दूखमा सहयोगी बन्न खोजिन् तर आफ्नै दुखसुखको साथी भने खोजिनन्। 

‘खै किन हो कुन्नि मेरो जीवनमा विवाहले प्रवेश नै पाएन। न कुनै ट्रयाजिडी न कुनै बिरक्ति, इट ह्यापेन्ड टु बि लाइक द्याट!’ यसो भन्दै गर्दा उनको आँखामा गजबको संबेदना तैरिइरहेको थियो। 

६६ वर्षमा टेक्दा अझै पनि उनलाई यस्तो प्रश्नहरुले लखेटिरहन्छ जुन उनलाई पटक्कै मन पर्दैन। ‘मेरो आइडेन्टिटी मेरै नाम हो। न बुबाको न श्रीमानको। सिंगल रहनु मेरो इच्छा हो एण्ड इट्स क्वाइट नेचुरल!’ 

‘खै किन हो कुन्नि मेरो जीवनमा विवाहले प्रवेश नै पाएन। न कुनै ट्रयाजिडी न कुनै बिरक्ति, इट ह्यापेन्ड टु बि लाइक द्याट!’ यसो भन्दै गर्दा उनको आँखामा गजबको संबेदना तैरिइरहेको थियो। ६६ वर्षमा टेक्दा अझै पनि उनलाई यस्तो प्रश्नहरुले लखेटिरहन्छ जुन उनलाई पटक्कै मन पर्दैन। ‘मेरो आइडेन्टिटी मेरै नाम हो। न बुबाको न श्रीमानको। सिंगल रहनु मेरो इच्छा हो एण्ड इट्स क्वाइट नेचुरल!’ 

मीरा मेडिटेसन गर्छिन्। पूजाकोठामा चुपचाप बस्छिन् यसो गर्दा उनलाई शान्ति मिल्छ। पैसाभन्दा आत्मसन्तुष्टी ठूलो कुरा हो। उनी भन्छिन्- घण्टी बजाएर धर्म हुन्न। कतिपटक त यस्तो पनि भएको छ ८० वर्षका दाजुभाउजुले बुवा आमाको श्राद्ध गर्दै गर्दा उनलाई भने कामको चटारोले अफिस दौडनुपर्छ।

संघका संस्थापकमध्ये तीनजनाको निधन भैसकेको छ । उमेर बित्दै जाँदा उनलाई लाग्न थालेको छ अब ४० वर्षअघि झैं दौडधुप गर्न सकिन्न। अब के गर्ने त? मीरा हस्तकला उत्पादक संघको भवनलाई सिक्ने थलोका रुपमा बिकास गर्न चाहन्छिन्। उनी यस केन्द्रलाई डिजाइनमा इन्भेन्सन गर्ने ठाउँको परिचय दिलाउन चाहन्छिन्। उनलाई युवा पुस्तालाई हस्तकलामा पैसा र इज्जत दुवै छ भनेर पनि सिकाउनु छ। म्यानेजेरियल स्किल दिने अनि नपढेकालाई अन द जब ट्रेनिङ दिने स्कुल बनाउनु छ। र उनलाई राम्ररी थाहा छ ‘ननिदाइ देखेका सपनाहरु सजिला हुँदैनन्।’