नेपाल टेलिकमले ल्यायो ‘कन्स्टिच्युसन प्याक’, १८ रुपैयाँमा ७० मीनेट भोइस कल गर्न पाइने

बिजमाण्डू
२०७५ भदौ ३१ गते १४:५४ | Sep 16, 2018
नेपाल टेलिकमले ल्यायो ‘कन्स्टिच्युसन प्याक’, १८ रुपैयाँमा ७० मीनेट भोइस कल गर्न पाइने

काठमाडौं। नेपाल टेलिकमले सोमबारदेखि संविधान दिवस लक्षित 'कन्स्टिच्युसन प्याक' अफर लागू गर्ने भएको छ। अफर अन्तर्गत ग्राहकले १८ रुपैयाँमा कम्पनीको जिएसएम र सिडिएमए सेवाभित्र ७० मिनेटसम्मको अनलिमिटेड कल, एसएमएस र डाटाको सुविधा  उपलब्ध हुने छ। 

Tata
GBIME
Nepal Life

योजना १ गतेदेखि १५ गतेसम्म प्रयोग गर्न सकिनेछ। कर्पोरेट ग्राहकले सोमबारदेखि इन्ट्रानेट लिजमा लिन सक्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार ग्राहकले टेलिकमको आइपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्ट कनेक्ट गरी कम मूल्यमा इन्ट्रानेटको सुविधा लिन सक्नेछन्।     

यसअघि दुई सय ५६ ब्यान्डविथ इन्ट्रानेट उपलब्ध गराउँदै आएको कम्पनीले सोमबार देखि पाँच सय १२ केबिपिएस ब्यान्डविथ लिज लाइन दिने विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार पहिला दुई सय ५६ ब्याण्डविथ इन्ट्रानेट प्रयोग गर्दै आएका ग्राहकको ब्याण्डविथ स्वचालित अपग्रेड  हुनेछ। 

पाँच सय १२ केबिपीएसको महशुल मासिक एक हजार छ सय रुपैयाँ कायम गरिएको र १० एमबिपिएसको महशुल प्रति एमबिपिएसका दरले दुई हजार सात सय रुपैयाँ कायम गरेको कम्पनीले जानकारी दिएको छ।  एक सय एरमबिपिएस प्रयोग गर्ने ग्राहकलाई शूल्क वापत प्रति एमबिपिएस दुई हजार एक सय रुपैयाँ कायम गरेको कम्पनीले जानकारी दिएको छ। 

कम्पनीले वाइम्याक्स प्रोमसनल अफर अन्तर्गत अनलिमिटेड डाटा प्याकेज प्राप्त गर्न सक्नेछन्। 
असोज १ गतेदेखि मंसिर २९ सम्म लागू हुने वाइम्याक्सको प्रमोसनल अफर अन्तर्गतको डाटा भोल्युम बेस्डमा भने थप कर लाग्नेछ। 

व्यक्तिगत प्रयोजनका लागि ग्राहकले पन्ध्र सय रुपैयाँमा पाँच सय केबिपिएस स्पीडको अनलिमिटेड डाटाको सुविधा एक महिनासम्म लिन सक्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार ग्रामीण क्षेत्रका ग्राहकले उही प्याकेज एक हजार रुपैयाँमा खरिद गरि सुविधा लिन सक्नेछन्। 

ग्राहकले १५ दिनका लागि १० जिबीको डाटा पाँच सय रुपैयाँमा, एक महिनाका लागि २० जिबीको डाटा एक हजार रुपैयँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकले तीन हजार रुपैयाँमा ७० जिबीको डाटा तीन महिनाका लागि र छ हजार रुपैयाँमा एक सय ७५ जिबीको डाटा भोल्युम छ महिनाका लागि प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। 
   
कम्पनीका अनुसार ग्राहकले १२ हजार रुपैयाँमा पाँच सय जिबीको डाटा एक वर्षको लागि प्रयोग गर्न सक्नेछन् भने एक वर्षका लागि २० हजार रुपैयाँमा एक हजार जिबी प्याकेज खरिद गर्न सक्नेछन्। 

कर्पोरेट प्याकमा भने ग्राहकले ३५ हजार रुपैयाँमा २३ सय जिबी प्याकेजको सुविधा एक वर्षका लागि लिन सक्ने कम्पनीले जानकारी दिएको छ। युएसबी डोंगल सहित दुई सय ५० जीबी भोल्युम छ हजार रुपैयाँमा एक वर्षको लागि प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ।