उद्योग अनुगमनमा मातृकाका पिए, ब्यवसायी भन्छन्: किन आए खुला किताबजस्तै छ नि

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ भदौ ३१ गते १८:०४ | Sep 16, 2018
उद्योग अनुगमनमा मातृकाका पिए, ब्यवसायी भन्छन्: किन आए खुला किताबजस्तै छ नि


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबका स्वकीय सचिव सन्तोष विष्टको फेसबुकमा शुक्रबार स्टाटससहित लेखिएको छ, ‘हेर्दैछु बुझ्दैछु!@ विराटनगर।' 

Tata
GBIME
Nepal Life

यो स्टाटससहित केही उद्योग अनुगमनको तस्विर समेत राखिएको छ।

तस्विरमा विष्ट विभिन्न उद्योग अनुगमन गरिरहेका देखिन्छन्। विष्टले विराटनगर क्षेत्रको उद्योग अनुगमन गरेको दोस्रो पटक हो। यसअघि २५ दिनअघि भदौं १ गते नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलार्इ बोकेर विराटनगरका ११ वटा उद्योगका अनुगमन गर्दे ती उद्योगबाट नमूना संकलन गरेर ल्याएका थिए।

केही समयमै ती सबै उद्योगमा केही समस्या नदेखिएको भन्दै ‘क्लिन चिट’दिइयो। ती उद्योगको ‘क्लिन चिट’पछि भदौं २६ गते पशुपति विस्कुट इन्ड्रस्ट्रिज प्रालि, क्वालिटी डार्इट एण्ड फूड प्रोडक्सन प्रालि र एसियन विस्कुट्स एण्ड कन्फेसनरी प्रालिमा अनुगमन गरे। 

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समितिका शाखा अधिकृत जगदिश दाहालद्धारा हस्ताक्षरित विज्ञप्ति जारी भयो। विज्ञप्तिको अन्तिममा- उद्योग स्थलगत अनुगमनको कार्यमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीज्यूको स्वकीय सचिव सन्तोष विष्टको उपस्थिति र निर्देशन दिनु भयो' भन्ने उल्लेख छ। 

मन्त्रीका स्वकीय सचिव विष्ट अनुगमन निरीक्षकको रुपमा विराटनगरको उद्योग अनुगमन गरिरहेका छन्। तर वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतकै कानुनले विष्टलार्इ अनुगमन अधिकृतको रुपमा चिन्दैन।

अझ भन्ने हो भने उनको अनुगमनलार्इ कानुनले वैध मान्दैन। उपभोक्ता संरक्षण ऐन २०५४को दफा १४ मा भनिएको छ ‘बजार तथा आपूर्ति व्यवस्थालार्इ प्रभावकारी बनार्इ उपभोक्तालार्इ उचित मूल्यमा स्तरयुक्त उपभोग्य वस्तु वा सेवा सरल रुपमा उपलब्ध गराउने कार्यको अनुगमन गर्न नेपाल सरकारले तोकिए बमोजिम निरीक्षण अधिकृतहरु नियुक्त गर्न वा निरीक्षण अधिकृतको रुपमा काम गर्न कुनै अधिकृत कर्मचारी तोक्नसक्नेछ।’ऐनको ब्यवस्था मान्ने हो भने, यसरी तोकिएको अधिकृतले मात्रै निरीक्षण, जाँचबुझ वा खानतलासी गर्नसक्ने व्यवस्था रहेको छ। 

अझ उपभोक्ता संरक्षण नियमावली २०५६को दफा १८मा निरीक्षण अधिकृतको नियुक्ति हुन नसकेको अवस्थामा नेपाल सरकारले उपभोक्ता हित संरक्षणमा कार्यरत रहेका नेपाल सरकारका अन्य कुनै अधिकृतलार्इ निरीक्षण अधिकृतको रुपमा काम गर्नको लागि तोक्नेसक्ने उल्लेख छ। 
 

 

DV.load(“https://www.documentcloud.org/documents/4891604-क-न-न-ब-यवस-थ.js”, {
width: 810,
height: 450,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-4891604-क-न-न-ब-यवस-थ”
});
यसरी निरीक्षण अधिकृत तोकिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने समेत उल्लेख गरिएको छ। त्यति मात्रै होइन निरीक्षण अधिकृतमा नियुक्तीका लागि योग्यता समेत तोकिएको छ। नेपाल गुणस्तर ऐनले समेत निरीक्षण अधिकृतको स्पस्ट व्यवस्था गरेको छ। विभागका महानिर्देशकको निर्देशनमा निरीक्षण अधिकृत तोक्ने व्यवस्था छ भने नापतौल ऐनमा राजपत्रमा प्रकाशित गरेर निरिक्षक तोक्ने व्यवस्था छ। 

ऐनमा भएका यी सबै प्रावधानलार्इ लत्याउँदै मन्त्री यादबले विष्टलार्इ विभिन्न उद्योग अनुगमनका लागि छुट दिइरहेका छन्। यो अनुगमनले व्यवसायी आतंकित छन्।

'कानुनले नचिनेका मान्छे केही अधिकारी बोकेर किन अनुगमनमा आइरहेका छन्, त्यो खुला किताबजस्तै छ’एक व्यवसायीले भने।

विराटनगरका व्यवसायी आतंकित
विष्टले नेतृत्व गरेको टोलीले सुनसरीका औद्योगिक प्रतिष्ठानमा अनुगमन गरेपछि पूर्वी नेपालको व्यावसायिक क्षेत्र आतङ्कित बनेको छ।

शुक्रबार विष्टको नेतृत्व र निर्देशनमा आएको टोली शनिबार साँझ ७ बजेको फ्लाइटमा राजधानी फर्किएको थियो। टोलीमा स्वकीय सचिव विष्टमात्र थिएनन् मन्त्रीका अर्का नजिकका कार्यकर्ता मानसिंह ठकुरी पनि सँगै र सक्रिय थिए। 

सम्बद्ध स्रोतका अनुसार स्वकीय सचिव विष्टसहित पार्टी कार्यकर्ता ठकुरी तथा वाणिज्य विभागका शाखा अधिकृत जगदीश दाहाल र प्रविण राईको टोली शुक्रबार बिहान काठमाडौंबाट विराटनगर आइपुगेको थियो।

टोलीमा विराटनगरबाट वाणिज्य कार्यालयका प्रमुख कुमार दाहाल, खाद्य प्रविधिका प्राविधिक शाखा अधिकृत पुष्पलाल राई र नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झा सम्मिलित थिए।

'सरकारी अधिकारी त ठिकै हो तर स्वकीय सचिव विष्ट र पार्टी कार्यकर्ता ठकुरी कुन हैसियतले अनुगमनमा आए?’ एक व्यवसायीको प्रश्न थियो, ‘अनुगमन टोलीमा विष्ट र ठकुरीको बोलबाला थियो। सरकारी अधिकारीहरू उनीहरूको निर्देशनका दासजस्तै थिए। अनुगमनका क्रममा विष्ट र ठकुरी जे अह्राउँथे, सरकारी अधिकारीहरू हस् हजुर भनेर त्यही गर्थे।’

स्वकीय सचिव विष्टले नेतृत्व गरेको टोली ३ हप्ताअघि विराटनगर गएर स्थानीय तेल उद्योगहरूमा अनुगमन गरेर फर्केको थियो। विष्ट टोली लिएर दोस्रो पटक विराटनगर गएका हुन्।

टोलीले दुहबीस्थित पशुपति बिस्कुट उद्योग, गुडलाइफ बिस्कुट र क्वालिटी बिस्कुट, इटहरीको गोर्खा बेकरी तथा धरानको बराह ज्वेलर्स र त्यहीँ सञ्चालित डिपार्टमेन्टल स्टोरको अनुगमन गरेको थियो।

गुडलाइफ बिस्कुटमा बाहेक अन्यत्र केही समस्या देखिएन, वाणिज्य कार्यालयका प्रमुख दाहालले भने, ‘गुडलाइफमा म्याद नाघेको चिनी २६६ बोरा रहेछ। जसमध्ये २३ बोरा हामीले त्यहीँ नष्ट गर्यौँ। बाँकी २४३ बोरा चिनी जहाँबाट ल्याएको हो उसैलाई फिर्ता गरेर वाणिज्य कार्यालयमा रिसिप्ट बुझाउने निर्देशन दिएका छौँ।’

पशुपति र क्वालिटी बिस्कुट तथा गोर्खा बेकरीबाट टोलीले कच्चा पदार्थ र उत्पादित वस्तु दुबैको नमुना लिएर गएको छ। साथै वराह ज्वेलर्समा सञ्चालित डिपार्टमेन्टल स्टोरमा राखिएका शृङ्गारका सामानहरू गुणस्तरहीन भएको आशङ्का गर्दै नमुना लिएको छ।

विष्टको निर्देशनमा राजधानीबाट आएको चार जनाको टोली इटहरीमा आफन्तका घरमा बस्ने भन्दै कतै लागेको थियो,' अनुगमनमा संलग्न एक अधिकारीले भने, ‘उहाँहरू इटहरीमा कता बस्नुभयो, थाहा भएन। एकैचोटि शनिबार बिहान विराटनगरको सरकारी टोलीलाई स्वकीय सचिव विष्टले फोन गरेर इटहरी बोलाएका थिए।’