आयल निगमले फेरी तेलको मूल्य बढायो, पेट्रोल २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ३ रुपैयाँ बढ्यो

बिजमाण्डू
२०७५ असोज १ गते २०:३७ | Sep 17, 2018
आयल निगमले फेरी तेलको मूल्य बढायो, पेट्रोल २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ३ रुपैयाँ बढ्यो



काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो।

Tata
GBIME
Nepal Life

यो मूल्य बढेपछि पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ।इण्डियन आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको हो।आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजलमा ५ रुपैयाँ १२ पैसा नोक्सानी थियो। मूल्य बढाएपछि पनि पेट्रोलमा २ रुपैयाँ ९२ पैसा र डिजलमा २ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

निगमका अनुसार मूल्य बढाएपछि पनि निगमको नोक्सानी मासिक ६३ करोड ६४ लाख रुपैयाँको हाराहारीमा हुने अनुमान छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र डलरको भाउ बढेकोले मूल्य आकासिएको हो।निगमका अनुसार अहिले भने भारतमा भन्दा नेपालमा डिजल र पेट्रोलको मूल्य लिटरमै ३१ रुपैयाँ सस्तो छ।नेपालमा सस्तो भएकाले नेपालबाट भारततर्फ तेलको अवैध रुपमा निकासी भइरहेको छ।भारतबाट किनेर ल्याएको तेल पेट्रोल पम्पमार्फतनै भारत बिक्री भइरहेको थियो।