उद्यमी हरिभक्त शर्मा, हेमराज ढकालदेखि बैंकर अशोक शेरचनसम्म संविधान दिवसमा विभूषित

बिजमाण्डू
२०७५ असोज ३ गते १०:२३ | Sep 19, 2018
उद्यमी हरिभक्त शर्मा, हेमराज ढकालदेखि बैंकर अशोक शेरचनसम्म संविधान दिवसमा विभूषित


काठमाडौं। सरकारले संविधान दिवशको अवसर पारेर आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवा श्री तृतीय दिइने भएको छ। यसैगरी उद्यमीहरु हरिभक्त शर्मा, हेमराज ढकाल, देविप्रकाश भट्टचन, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा र राजेन्द्र मल्ललाई पनि सुप्रवल जनसेवा श्री तृतीय दिइने भएको छ।

सरकारले घोषणा गरेको पदक एक कार्यक्रम आयोजना गरी राष्ट्रपतिले वितरण गर्नेछिन्।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि प्रवल जनसेवा श्री चतुर्थ दिइने भएको छ। यो पदक चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीले पाउने छन्। 

होटल संघ नेपालका अमरमान शाक्य, ललितपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अमरमान जोशी, रत्ननगर टाँडीका ब्यवसायी दीपककुमार कर्मचार्य र यादवप्रसाद पाण्डेलाई पनि दिइने भएको छ।