नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांस दिने, पूँजी बढाउन २० प्रतिशत बोनस शेयर प्रस्ताव

बिजमाण्डू
२०७५ असोज ४ गते ०९:५० | Sep 20, 2018
नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांस दिने, पूँजी बढाउन २० प्रतिशत बोनस शेयर प्रस्ताव

काठमाडौं। नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले असोज २६ गते सातौ वार्षिक साधरणसभा डाकेको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीको साधारणसभाले २० प्रतिशत नगद लाभांस र २० प्रततिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ। संचालक समितिले रिक्त रहेका दुर्इ जना संचालकलार्इ यस अगाडि नियुक्त गरिसेको हुँदा यसलार्इ साधारणसभाबाट अनुमोदन गर्ने भएको छ। 

कम्पनीले वर्तमान लेखापरीक्षक जोशी एण्ड भण्डारीलार्इ पुनः नियुक्त गर्ने भएको छ। बोनस शेयर वितरणसँगै चुक्ता पूँजी बढ्ने हुँदा कम्पनीले आफ्नो प्रवन्धपत्रलार्इ संसोधन सहित स्कृतिको लागि साधारणसभामा पेश गर्ने छ।