सिटी एक्सप्रेसको हकप्रद भर्ने आज अन्तिम दिन, २५ लाख कित्ता हकप्रद निष्काशन  

बिजमाण्डू
२०७५ असोज ४ गते १०:०२ | Sep 20, 2018
सिटी एक्सप्रेसको हकप्रद भर्ने आज अन्तिम दिन, २५ लाख कित्ता हकप्रद निष्काशन  

काठमाडौं। सिटी एक्सप्रेसले निष्काशन गरेको हकप्रद भर्ने आज अन्तिम दिन रकेको छ। संस्थाले चुक्ता पूँजीको १६७ प्रतिशत हकप्रद भदौ १ गतेदेखि निष्काशन गरेको थियो। 

Tata
GBIME
Nepal Life

संस्थाले प्रतिशेयर एक सय रुपैयाँको दरमा २५ लाख कित्ता हकप्रद निष्काशन गरेको छ। हकप्रद निष्काशनसँगै हालको चुक्ता पूँजी १५ करोड रुपैयाँबाट ४० करोड रुपैयाँ पुग्नेछ। 

हकप्रद आवेदनको लागि काठमाडौं क्यापिटल मार्केट कमलादी, फाइनान्सका शाखा कार्यालयहरु र आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने छ। 

संस्थाको क्रेडिट रेटिङ सबै भन्दा खराव 'केयर एनपि आइपिओ ग्रेड ५' रहेको छ।  जगेडा कोष ऋणात्मक रहेको संस्थाको वित्तीय विवरण विस्तारै सुधार हुने क्रममा छ।