उतार चढावसँगै ३.७४ अंकले घट्यो बजार, कारोबार रकम भने ५५ करोड रुपैयाँ नाघ्यो

बिजमाण्डू
२०७५ असोज ४ गते १५:३५ | Sep 20, 2018

काठमाडौं। बिहीबार शेयर बजार तिब्र उतार चढावसँगै ३.७४ अंकले घटेको छ। कारोबार सुरु भएको केहि मिनेटमै रातो देखिन थालेको शेयर बजार ९ अंकसम्म ओरालो लागेको छ। 

Tata
GBIME
Nepal Life

दुर्इ बजेर दुर्इ मिनेटमा १.९० अंकले हरियो देखिएको शेयर बजार अन्तिममा भने ०.३० प्रतिशतले घट्यो। त्यस्तै होटल, विकास बैंक र अन्य सूचक हरियो भए पनि बैंकिङ, हाइड्रोपावर, फाइनान्स, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, माइक्रोफाइनान्सको सूचक घटेका छन्। 

बजार रातो देखिए पनि कारोबार रकम भने ५५ करोड ५० लाख रुपैयाँको भएको छ। आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको ७ करोड ४६ लाख  रुपैयाँको कारोबार भएको छ। 

सबैभन्द धेरै कारोबार हुने कम्पनीहरुमा आज हाइड्रोपावर, बीमा कम्पनी, माइक्रोफाइनान्स, विकास बैंक, बाणिज्य बैंकहरुको मिश्रण रहेको छ। ग्लोबल आइएमर्इ समुन्नत स्किमका इकाइधनीले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन् भने सिनर्जी पावरका शेयरधनीले ५.८८ प्रतिशतले गुमाएका छन्।