ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ चितवनको कुमरोजमा, शाखारहित बैंकिङ सेवा १०३ पुग्यो

बिजमाण्डू
२०७५ असोज ४ गते १६:५५ | Sep 20, 2018


काठमाडौं। ग्लोबल आइएमई बैंकले चितवनको कुमरोजमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life

थप गरिएको शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३पुगेको छ ।

बैंकले चितवन जिल्लाको खैरहनी नगरपालिकावडा नं. १२कुमरोजमा आफ्नो १०३औँशाखारहित बैंकिङ्गसेवा सुरु गरेको हो ।

कुमरोजमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय राजेन्द्र श्रेष्ठलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ । यो शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको टाँडी शाखाअन्तर्गत रहने बताइएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट  ग्रामीण क्षेत्रका स्थानियबासिन्दाले आफ्नो गाउँमै स्थानियप्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन्।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मागर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका बिभिन्न सेवा लिन सक्ने बैंकले जनाएको छ।  

ग्लोबल आइएमई बैंकले १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलनकाउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि\सम्पर्क कार्यालय माफर्त सेवा दिँदै आएको जनाएको छ।

त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइन, जोर्डन,अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।