चार वित्तीय संस्थाले दशैं अगाडि लाभांस दिन डाके साधारणसभा, लाभांसवाहेक यस्ता छन् एजेन्डा

बिजमाण्डू
२०७५ असोज ५ गते १०:१९ | Sep 21, 2018
चार वित्तीय संस्थाले दशैं अगाडि लाभांस दिन डाके साधारणसभा, लाभांसवाहेक यस्ता छन् एजेन्डा

काठमाडौं। दशै अगाडि लाभांस पारित गर्ने गरि महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंक, जानकी फाइनान्स र फस्ट माइक्रोफाइनान्सले साधारणसभा गर्ने भएका छन्। महालक्ष्मी विकास बैंकले असोज २६ गते १७ औं वार्षिक साधारणसभा बोलाएको छ। 

Tata
GBIME
Nepal Life

बैंकले साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत नगद लाभांस प्रस्ताव लैजाने भएको छ। नगदसँगै दोस्रो बजारका लगानीकर्तालार्इ आकर्षित गर्न ८ प्रतिशत बोनस शेयरको प्रस्ताव पनि पारित गर्ने छ। 

बैंकले साधारणसभामा अन्य कुनै बैंकलार्इ गाभ्ने या अन्य कुनैसँग गाभिने प्रयोजनको लागि सहमति पत्रमा हस्ताक्षर गर्न तथा डिडिए रिपोर्ट तयार पार्ने कामको लागि संचालक समितिलार्इ अख्तियारी दिने विशेष प्रस्ताव अगाडि सारेको छ। 

बैंकले घोषणा गरेको लाभांस असोज ११ गतेसम्म कायम शेयरधनीले पाउने भएका छन्। साधारणसभा प्रयोजनका लागि असोज १४ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ। 

गरिमा विकास बैंकले असोज २६ गते १२औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ३.७५ प्रतिशत नगद लाभांस दिने भएको छ। त्यस्तै हाल कायम चुक्ता पूँजी दुर्इ अर्ब ५३ करोड रुपैयाँको १० प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव पनि छ।

साधारणसभा प्रयोजनको लागि असोज १२ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ। असोज ११ गतेसम्म कायम शेयरधनीले साधारणसभामा सहभागी हुन पाउने बैंकले जनाएको छ। 

जानकी फाइनान्सले पनि असोज २९ गते २२औं वार्षिक साधारणसभा डाकेको छ। संस्थाले साधारणसभामा चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव अगाडि सारेको छ। साधारणसभा प्रयोजनको लागि संस्थाले असोज १६ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ। असोज १५ गतेसम्म कायम शेयधनीले संस्थाले घोषणा गरेको २२ प्रतिशत बोनस शेयर पाउने छन्। 

फस्ट फाइक्रोफाइनान्सले पनि असोज २७ गते नवौं वार्षिक साधारणसभा डाकेको छ। सारधाणसभाले यसअघि संचालक समितिले घोषणा गरेको १२.६३ प्रतिशत नगद लाभांस पारित गर्ने छ। 

संस्थाले गत आर्थिक वर्ष नै नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) लागु गरिसकेको छ। एनएफआरएस अनुसार तयार पारिएको वित्तीय प्रतिवेदनमानलार्इ पारित गर्ने भएको छ। 

संस्थाले संस्थापकतर्फ तीन जना संचालको निर्वाचन गर्ने भएको छ। संस्थाले साधारणसभा प्रयोजनको लागि असोज १७ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ। असार १५ गतेसम्म कायम शेयरधनीले नगद लाभांस पाउने छन् भने साधारणसभामा भाग लिन पाउने छन्।