ईटहरीमा पहिलो सपिङ्ग मल खुल्दै, सिनेमा हल र होटल सहितको १० तले सेन्ट्रल प्लाजा शहरकै आकर्षण

बिजमाण्डू
२०७५ असोज ५ गते १०:४१ | Sep 21, 2018


श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रा. लि. ले ईटहरीमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधा युक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स खोल्ने भएको छ ।

Tata
GBIME
Nepal Life

बजारमा रहेको १० तले सेन्ट्रल मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तलासम्म अन्तराष्ट्रिय ब्रान्डका पसलहरु  हुने बताइएको छ। भवनको चौथो तलामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहनेछ ।

सिनेफ्लिक्स मल्टिप्लेक्स भवनको पाँचौ तलामा बनाइएको छ । ईटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्स मा दुई वटा स्क्रिन रहने कम्पनीले जनाएको छ ।

२ सय ४० सीट क्षमताको  मल्टिप्लेक्स अत्याधुनिक प्रविधिको सुविधायुक्त  हुने र हलभित्रै भेजिटेरियन र नन–भेजिटेरियन स्न्याक्स र ड्रिङ्कहरु पनि उपलब्ध गराइने कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

सेन्ट्रल प्लाजाको ६, ७, ८ र ९ तल्लामा होटल भरन्डा खोलिने छ । ३६  कोठाहरु हुने होटलका सबै कोठाबाट ईटहरी शहरको दृश्य देख्न सकिने कम्पनीले जनाएको छ।