नेशनल माइक्रोफाइनान्स र कञ्चन डेभलपमेन्ट बैंकको लाभांस, नेशनलले बढाएर ४०% पुर्यायो

बिजमाण्डू
२०७५ असोज ५ गते १३:०७ | Sep 21, 2018

काठमाडौं। नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र कञ्चन डेभलपमेन्ट बैकले लाभांश घोषणा गरेका छन्। नेशनल माइक्रोफाइनान्सले शेयरधनीलाई ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

Tata
GBIME
Nepal Life

संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो हो। संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैक र संस्थाको वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। 

अघिल्लो वर्षको तुलनामा संस्थाले लाभांश दर बढाएको छ। गत वर्ष संस्थाले ३५ प्रतिशत लाभांश दिएको थियो। अघिल्लो वर्षको तुलनामा संस्थाको चुक्ता पूँजी समेत बढेको छ। १० करोड चुक्ता पूँजी रहेको संस्थाको गत वर्ष पूँजी बढेर १२ करोड रुपैयाँ पुगेको छ। चुक्ता पूँजी बढेसँगै संस्थाले नाफा समेत बढाएको छ। अघिल्लो बर्ष सात करोड रुपैयाँ नाफा गरेको संस्थाले गत वर्ष आठ करोड रुपैयाँ नाफा गरेको थियो। 

कञ्चन डेभलपमेन्ट बैकले करिब १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैकले पाँच प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजन सहित ६.२९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैकले गत वर्ष १२.३३ प्रतिशत बोनस शेयर दिएको थियो।