इन्भेष्टमेन्ट बैंकको बाफलमा शाखा, न्यूरोडको शाखा बाफल पुर्याइयो

बिजमाण्डू
२०७५ असोज ५ गते १४:०७ | Sep 21, 2018
इन्भेष्टमेन्ट बैंकको बाफलमा शाखा, न्यूरोडको शाखा बाफल पुर्याइयो

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको रिङरोडमा पर्ने सोल्टी दोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ। शाखाको उद्घाटन बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका छन्। 

Tata
GBIME
Nepal Life

विशेषत कलंकी तथा सितापाइला आसपासका स्थानीयलाई वित्तीय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्न न्यूरोडको मुन्चा हाउसमा संचालित शाखालाई बाफलमा स्थानान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ। अब बैंकको शाखा संख्या ७७ पुगेको छ। 

बैंकका आठ लाख ७० हजारभन्दा बढी ग्राहक छन्। बैंकका १०३ वटा एटिएम पुगेको छ।

५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ।