सानिमाले खोल्यो नारायणगढमा शाखा, २० शाखा थप्ने, अर्को बर्ष आइपिओ

बिजमाण्डू
२०७५ असोज ५ गते १५:५३ | Sep 21, 2018
सानिमाले खोल्यो नारायणगढमा शाखा, २० शाखा थप्ने, अर्को बर्ष आइपिओ

काठमाडौं।सानिमा जनरल इन्स्योरेन्सले नारायणगढमा शाखा खोलेको छ। शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाइँले गरेका छन्।

Tata
GBIME
Nepal Life

उद्घाटन कार्यक्रममा कम्पनीका संचालक खेमराज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित थिए। 

कम्पनीले चालु बर्ष २० वटा शाखा खोल्ने लक्ष्य लिएको छ। कम्पनीले सबै प्रकारका निर्जिवन बीमा मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा र लघुबीमा सेवा उपलब्ध गराउने छ। 

उद्योगि व्यवसायिहरु, बैंकर्स तथा गैरआवासीय नेपालीहरुको लगानी रहेको कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ छ। जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आगामी आर्थिक बर्षभित्र ३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता १ अर्ब पुर्याउने लक्ष्य राखेको छ।