सरकार र हड्तालमा उत्रिएका चालकसँग सिंहदरबारमा भयो सहमति, गाडी चल्ने





काठमाडौं। सरकार र हड्तालमा उत्रिएका चालकबीच सिंहदरबारमा सहमति भएको छ।

प्रधानमन्त्री कार्यालयमा शुक्रबार भएको तीन घण्टा लामो छलफलमा चालकले राखेका माग पूरा गर्ने सहमति भएको हो।स्थानीय तहमा भएको सहमतिलार्इ केही घण्टामै अस्विकार गर्दै हड्तालमा उत्रिएका चालकले सिंहदरबारमै सहमति चाहेका थिए।विहिबार जिल्ला प्रशासन कार्यालय बारामा भएको सहमतिको मसी नसुक्दै सिंहदरबारमै सहमति गर्नुपर्ने भन्दै शुक्रबार समेत हड्ताल जारी राखेका थिए।त्यसपछि शुक्रबार प्रधानमन्त्री कार्यालयमा वार्ता भएको हो।


विहिबार रातीनै वीरगंजबाट आन्दोलनको नेतृत्व गरिरहेको स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक वसन्त शर्मा, सहसंयोजक अर्जुन अधिकारीसहितको टोली काठमाडौं आएको थियो।शुक्रबार विहान ११ बजेदेखि चार जना सचिवसहित आन्दोलनरत पक्षसँग भएको छलफल साढे तीन बजे सहमतिमा टुंगिएको थियो।



आन्दोलनरत पक्षले उठाएको मागलार्इ संबोधन गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए।‘हामीले उहाँहरुले उठाएको माग संवोधन गर्न आवश्यक अध्ययन गर्ने प्रतिवद्धता जनाएका छौं। उहाँहरुले हाम्रो प्रतिवद्धता अनुसार सवारी साधन संचालन गर्न सहमत हुनुभएको छ’अधिकारीले बिजमाण्डूसँग भने।

छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी,गृह मन्त्रालयका सचिव प्रेमकुमार रार्इ, भौतिक,पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी र कानुन सचिव राजीव गौतम सहभागी थिए।हड्तातलमा उत्रिएको स्वतन्त्र सवारी चालक संघर्ष समितिका सहसंयोजक अधिकारीले सरकारले आफ्ना माग पूरा गर्न सहमति जनाएकाले आजैदेखि सवारी साधन संचालनमा आउने बताए।‘सरकारले हाम्रा सबै माग संबोधन गर्ने सहमति जनाएको छ।यो सहमतिसँगै आजैदेखि सवारी साधन संचालनमा आउनेछन्’उनले बिजमाण्डूसँग भने।

Share this Story

   

सरकार र हड्तालमा उत्रिएका चालकसँग सिंहदरबारमा भयो सहमति, गाडी चल्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.