भैरहवा सेजमा दर्ता ६ उद्योगको अनुमति खारेज, एसियन थाइ फुड्स लगायतका उद्योग प्रक्रियामै गएनन्

बिजमाण्डू
२०७५ असोज ५ गते १६:२३ | Sep 21, 2018


रुपन्देही। पटक पटक सुचना गर्दासमेत उद्योग सञ्चालन प्रकृयामा  नआएपछि भैरहवा रहेको विशेष आर्थिक क्षेत्र सेजले संञ्चालनमा  आउने  तयारीमा रहेका उद्योग लाई खारेज गर्ने तयारी गरेको छ ।

Tata
GBIME
Nepal Life

भैरहवामा रहेको विशेष आर्थिक क्षेत्रसेजमा  २४ वटा उद्योगले दर्ता गर्न निबेदन दिएको भएपनि  १८ बटामात्र  उद्योग संञ्चालनको लागी  दर्ता भएका थिए ।

तिमध्ये ६ बटा उद्योग ले संञ्चालनको लागी  उद्योग खोल्न अनुमति लिएका भएपनि अहिले सम्म  प्रकृयामा नआएको कारण  उनीहरुको  उद्योग संञ्चालनकालागि दिएको अनुमति खारेज गर्ने तयारी भैरहेको विशेष आर्थिक क्षेत्र सेजका सुचना  अधिकारी सुरेन्द्र थापाले बताए ।

 पटकपटक सूचना प्रकाशन गर्दा पनि उद्योग सञ्चालन प्रक्रियामा नआएपछि भैरहवा सेजबाट उद्योग खारेज गरिने तयारी गरेको बताएका छन्।

उद्योग खारेज हुनेमा एक्सल गार्मेन्ट प्रोसेसिङ इन्डष्ट्रिज, किरण सुज, मिनरल वाटर इन्डष्ट्रिज, रमपम चाउचाउ उत्पादन गर्ने एसियन थाई फुड्स, हर्बल सोप र जगदम्बा सेन्थेटिक्स छन्।

प्राधिकरणले साउन ६ मा पहिलो पटक, भदौ १० गते दोस्रो पटक १५ र १५ दिनको र गत बिहीबार गोरखापत्रमा अन्तिम पटक ७ दिनको सूचना प्रकाशन गर्दै उद्योगीहरूलाई दर्ता तथा भू–बहाल सम्झौता गरी उद्योग स्थापनाको कार्य अगाडि बढाउन आग्रह गरेको थियो तर उद्योगीले बास्ता नगरेको कारण  अहिले खारेज गर्नुपर्नै अबस्था आएको थापाले बताए ।

सेजमा भएका ६९ वटा प्लटमा ६० वटा प्लट उद्योगले ओगटेका छन्। दर्ता भएका उद्योगले १ लाख १० हजार ७९ दशमलब ३ वर्गफिट क्षेत्रफल ओगटेका छन्।

ती उद्योगहरूले ६ महिनाको अग्रिम भू वहाल शुल्क ८५ लाख रुपैयाँ समेत  भाडा बापत बुझाइसकेका छन्।  सेज संचालनमा  आएपछि ३ सय भन्दा बढीले रोजगार पाउने सुचना अधिकृत थापाले बताए ।