वीरगंज नाका सहज बन्दै, आईसिपीबाट ४१३ गाडी राती काठमाडौ हिँडे, बरौनी गए ट्याकंर

बिजमाण्डू
२०७५ असोज ७ गते १०:०४ | Sep 23, 2018
वीरगंज नाका सहज बन्दै, आईसिपीबाट ४१३ गाडी राती काठमाडौ हिँडे, बरौनी गए ट्याकंर


वीरगंज। नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको चार दिनको आन्दोनल टुङ्गिएपछि मुलुकको प्रमुख आर्थिक नाका सहज बन्न थालेको छ।

Tata
GBIME
Nepal Life

वीरगंज, अमलेखगंजबाट इन्धन बोक्ने गाडीहरु रक्सौल डिपोबाट तेल लिएर वीरगंज भित्रिन थालेका छन् भने बरौनीको लागि पनि गाडीहरु गइरहेका छन्। 

नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगंजका प्रबन्धक जगदीशचन्द्र यादवका अनुसार, आज साँझ तेल भर्न बरौनी डिपोमा वीरगंजबाट २५ वटा गाडी हिँडेको जानकारी दिए। आज रक्सौलबाट १२ वटा टयांकर इन्धन बोकेर वीरगंज आइसकेका छन्। जसमा ७ वटा पेट्रोल,३ वटा डिजेल र १ वटा एटिएफ रहेको उनले बताए। 

भोलीदेखि इन्धन थप सहज बन्दै जाने उनले बताए। उनले रक्सौलबाट आज पेट्रोल आएपछि वीरगंजको केडिया आयल, सुरेश आयल, दास पेट्रोल पम्प, नौतन बाराको रिशभ र चन्दन बारा गरी ५ वटा पेट्रोल बाडिरहेको जानकारी दिए।