सुजुकीको बाइकमा ८ हजार र स्कुटरमा १० हजार रुपैयाँ छुट, ४२ सय वटा बिक्री गर्ने लक्ष्य

बिजमाण्डू
२०७५ असोज ७ गते १५:५६ | Sep 23, 2018

काठमाडौं। नेपालको लागि बिशाल ग्रुप अन्तर्गतको भीजी अटोमोबाइलस प्रालिबाट बिक्री बितरण हुदै आएको सुजुकी बाइक तथा स्कूटरमा दसैं स्किम आएको छ।

Tata
GBIME
Nepal Life

नेपाल भरीका सुजुकी  शोरुमबाट खरीद गर्दा बाइकमा ८ हजार  छुट र स्कुटरमा १० हजार छुट उपलब्ध हुने छ। बम्पर उपहारमा १० जना बाइक तथा स्कूटर खरीद गर्नेलाई जापान घुम्न पठाइने विज्ञप्तिमा उल्लेख छ। 

स्किम कार्तिक ३० गतेसम्म लागू हुने छ। बाइक तथा स्कुटको फाइनान्स पनि हुने छ। साथै एक्सचेन्ज पनि गर्न मिल्ने कम्पनीले जनाएको छ। 

बाइकमा ५ बर्ष वारन्टी दिइएको छ। यस अवधिमा सुजुकी बाइक र स्कूटर गरेर ४२ सय वटा बेच्ने लक्ष्य लिइएएको मार्केटिङ म्यानेजर नबराज कोइरालाले जानकारी दिए।