नेको इन्स्योरेन्सलाई बेस्ट म्यानेज्ड जेनरल इन्स्योरेन्स अवार्ड, शिखर फर्स्ट रनर अप

बिजमाण्डू
२०७५ असोज ९ गते १६:०१ | Sep 25, 2018
नेको इन्स्योरेन्सलाई बेस्ट म्यानेज्ड जेनरल इन्स्योरेन्स अवार्ड, शिखर फर्स्ट रनर अप

काठमाडौं। व्यापारिक कम्पनी तथा समुदायलाई प्रदान गरिँदै आएको  न्यु विजविजनेश कन्क्लेभ तथा अवार्ड २०१८ बाट नेको इन्स्योरेन्स सम्मानित भएको छ। १० विधामा २२ वटा अवार्ड प्रदान गरिएको थियो। 

Tata
GBIME
Nepal Life

नेको इन्सुरेन्सले बेस्ट म्यानेज्ड जेनरल इन्सुरेन्स अवार्ड जित्न सफल भएको हो। कम्पनीले  व्यापारीक प्रोग्रेश, सरल दावी भूक्तानी तरिका, मुनाफा, बजारमा रहेको शाख लगायत अन्य विभिन्न कार्य मूल्याङकनका आधारमा अवार्ड दिइएको हो। 

फस्ट रनर अपमा शिखर इन्सुरेन्स र सेकेन्ड रनर अपमा सगरमाथा इन्सुरेन्स कम्पनीलाई छनौट गरिएको थियो। 

हरेक विधामा फरक फरक विज्ञ सम्मिलित जुरि समुह बनाइ उक्त जुरिबाट उत्कृष्ट कम्पनीहरु तथा व्यवसायीलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिएको थियो। यस बर्षको बेष्ट म्यानेज्ड कम्पनीमा सोल्टी होटल र लाइफ टाइम अचिभमेन्ट अवार्ड गणेशभक्त शाखःलाई प्रदान गरिएको थियो।