नेपालमा मोबाइलको पहुँच सम्वन्धी अध्ययन गर्ने आफ्टर एक्सेसले पायो अन्तर्राष्ट्रिय पुरस्कार

बिजमाण्डू
२०७५ असोज १० गते २०:१८ | Sep 26, 2018


काठमाडौं। नेपाल सहित विश्वका १८ वटा देशमा सूचना तथा संचार प्रविधिको पहुँच र प्रयोग सम्बन्धी सर्वेक्षण अध्ययन गर्ने आफ्टर एक्सेसले अन्तर्राष्टिय पुरस्कार जित्न सफल भएको छ ।

Tata
GBIME
Nepal Life

आफ्टर एक्सेसलार्इ न्यूयोर्कमा इक्वेलसाईनटेक  पुरस्कारको अनुसन्धान वर्गको पुरस्कारको विजेता घोषणा गरिएको हो । यो संस्थाले नेपालको स्थलगत अध्ययन सन् २०१८ को अप्रिल र मे महिनामा गरेको थियो।विश्वस्तरको पुरस्कार प्राप्त गरेपछि एसिया प्रशान्त क्षेत्रमा कार्यरत क्षेत्रीय सूचना प्रविधि थिङ्क ट्याङ्क लर्न एशियाकी प्रमुख कार्यकारी अधिकृत हेलानी गालपायाले भनिन्, “इक्वेल ग्लोबल पार्टनरसीपद्वारा हाम्रो कार्यलाई पहिचान गरिएकोमा हामी गौरवान्वित छौं।नेपाल सम्बन्धी विशेष नतिजा चाँडै काठमाडौमा प्रकाशन गरिनेछ।'

यो संस्थाले ग्लोबल साउथका १८ वटा देशका ३८ हजार पाँच घर तथा व्यक्तिहरु सँगको अन्तर्वार्तामा आधारित राष्ट्रिय स्तरमा गरिएको एउटा श्रृङ्खलाबद्ध सर्वेक्षण हो । यो अनुसन्धानले मोवाइल फोन तथा इन्टरनेटको पहुँच तथा प्रयोग सम्बन्धी मुख्य मुद्दाहरुलाई समेटेको छ । नेपालमा लर्न एशियाको स्थानीय साझेदारमा सेन्टर फर ल एण्ड टेक्नोलोजी र इन्टरनेट सोसाइटी थियो।

विश्व स्तरमा स्वीकार्य अनुसन्धानबाट प्राप्त प्रतिवेदनले नेपालको सूचना प्रविधि समबन्धी नीति निर्माणमा महत्वपूर्ण आधार तय गर्ने सेन्टर फर ल एण्ड टेक्नोलोजीका अध्यक्ष अधिवक्ता बाबुराम अर्यालले बताए।