लघुवित्त वित्तीय संस्थाले पनि भुक्तानी प्रदायकको सेवा दिन सक्ने, पाँच सर्त पुरा गर्नु पर्ने

बिजमाण्डू
२०७५ असोज १७ गते ०९:२६ | Oct 3, 2018
लघुवित्त वित्तीय संस्थाले पनि भुक्तानी प्रदायकको सेवा दिन सक्ने, पाँच सर्त पुरा गर्नु पर्ने


काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरुले पनि भुक्तानी सेवा प्रदायकको अनुमति पाएका छन्। मौद्रिक नीतिमा भएको ब्यवस्था अनुसार नेपाल राष्ट्र बैंकले उनीहरुलाई भुक्तानी सेवा प्रदायकको काम गर्न अनुमति दिएको हो।

Tata
GBIME
Nepal Life

सबै लघुवित्तले भने यो काम गर्न पाउँदैनन्।  न्युनतम चुक्ता पूँजी १० करोड पुगेको र २० वटा शाखा कार्यालय सञ्चालनमा रहेका कम्पनीले यो सेवा दिन पाउँछन्। 

कम्तिमा २० हजार ग्राहकसँग कर्जा/बचतको कारोबार भएको हुनु पर्छ। यसका साथै राष्ट्र बैंकमा पेश गर्नु पर्ने तथ्यांक तथा विवरण अनलाइनमार्फत पेश गर्ने प्रतिबद्धता जनाएको हुनु पर्छ। विश्वसनीय र भरपर्दो सूचना प्रविधि प्रणाली भएका संस्थाले मात्र भुक्तानी प्रदायको काम गर्न पाउने छन्।

लघुवित्त वित्तीय संस्थाले भुक्तानी सेवा प्रदान गर्दा कारोबार सम्पन्न भएपछि एसएमएस अलर्ट सेवा प्रदान गर्नु पर्छ। सर्ट म्यासेज सर्भिसमार्फत खाताको विवरण/वित्तीय कारोबारको जानकारी आफ्ना ग्राहकलाई दिनु पर्छ।