मेगा बैंकमा ११४ जना कर्मचारी माग, ब्यवस्थापक, अधिकृतदेखि सहायक स्तरसम्ममा अवसर

बिजमाण्डू
२०७५ असोज २१ गते ०९:५८ | Oct 7, 2018
मेगा बैंकमा ११४ जना कर्मचारी माग, ब्यवस्थापक, अधिकृतदेखि सहायक स्तरसम्ममा अवसर

काठमाडौं। मेगा बैंकले एकै पटक प्रधान कार्यालयदेखि नयाँ शाखा कार्यालयहरुसम्मका लागि ११४ जना कर्मचारी माग गरेको छ। बैंकले कर्पोरेट अफिस र विरगञ्जमा गरेर तीन जना म्यानेजर तहका कर्मचारी माग गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले अफिसर तहमा ३८ जना कर्मचारी माग गरेको छ। बैंकले कर्पोरेट अफिसको लागि रिस्क, बैंकास्योरेन्स इन्चार्ज, आइटी विभागमा चौथो तहको अफिसर माग गरेको छ। त्यस्तै यहि पदमा रहेर जनकपुरको लागि शाखा प्रमुख माग गरिएको छ। चौथो तहको अफिसर तहमा भैरहवा र धनगढी शाखामा पनि कर्मचारी माग गरिएको हो। 

पोखरामा तेस्रो तहको अफिसरका लागि कर्मचारी माग गरिएको छ। कर्पोरेट अफिसमा केहि दोस्रो तहका अफिसर माग गरिएको छ। दोस्रो तहको अफिसरमा रहेर ओखलढुङ्गा, कालिकोट र विरकोट शाखाको शाखा प्रमुखमा जागिर खुलेको हो। 

सहायक स्तरको पदमा ७३ जना कर्मचारी माग गरिएको छ। आवेदनको लागि बैंकको वेवसाइटमा गएर 'एप्लाइ नाउ' मा क्लिक गर्नु पर्ने हुन्छ। यसैमा आवश्यक योग्यता देखिनेछ। आफ्नो योग्यता पुगेकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ। आवेदनको लागि कात्तिक १४ गतेसम्म म्याद रहेको छ।