बिजी मलमा सुरु भयो फ्यान्टास्टिक दशैं तिहार योजना, बाइक, मोबाइलदेखि बैंकक घुम्न पाउने सम्मका उप?

बिजमाण्डू
२०७५ असोज २३ गते १५:०३ | Oct 9, 2018
बिजी मलमा सुरु भयो फ्यान्टास्टिक दशैं तिहार योजना,  बाइक, मोबाइलदेखि बैंकक घुम्न पाउने सम्मका उप?


काठमाडौं। गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ ।  फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ ।

Tata
GBIME
Nepal Life

चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।

उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए ।

यो अफर अन्तर्गत ग्राहकले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैयाँको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नसक्ने छन् ।

त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजि वासिङ मेशिन, र सिजि साउण्ड बार पनि उपहारको रुपमा पाउन सक्छन् ।

बम्पर उपहारका रुपमा ग्राहकमध्येबाट एक एक जनाले टिभिएसको अपाची मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने गिरीले बताए । गिरीका अनुसार उपहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।