
आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइने बडादशैँको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने चलन छ। दशैँघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी आजका दिन पूजा आरम्भ हुन्छ।
पूजाकोठा वा दशैँघरमा आज नै विधिपूर्पक जौ (यव) रोपिन्छ। यसलाई जमरा राखिएको भनिन्छ। आज राखिएको जमरा देवी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै ग्रहण गरिन्छ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो।
आज घटस्थापनाको साइत बिहान ७ः१५ बजे थियो।
परम्परानुसार आज काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैँघरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गादेवीको पूजा आराधना सुरु भएको छ। सो शुभसाइतमा नेपाली गुरुजु पल्टनले बाजागाजा बजाउँदै तोप पड्काएको थियो।






घरघरमा घटस्थापनाः हनुमानढोकाको दशैँघरमा राखियो जमरा, हेर्नुस् तस्बीर समाचार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।