हलेसी डेकोरको अर्को शाखा महाराजगञ्जमा, फर्निसिङका सबै  सामान उपलब्ध

बिजमाण्डू
२०७५ असोज २४ गते १०:२७ | Oct 10, 2018
हलेसी डेकोरको अर्को शाखा महाराजगञ्जमा, फर्निसिङका सबै  सामान उपलब्ध

काठमाडौं। हलेसी डेकोरले राजधानीको महाराजगंजमा नया“ सोरुम सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

नेपालकै ठूलो फ्लोरिङ, फर्निसिङ तथा फर्र्निचरको सोरुम भएको कम्पनीको दावी छ। ९ वर्ष अगाडि चावहिलबाट शुरु गरेका हलेसी डेकोरले सञ्जाल विस्तार थालेको हो। 

अब एउटै छाना मुनि नेपाली तथा बिदेशी ब्राण्डका सबै फर्निसिङका सामानहरु उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ। 

हलेसी डेकोरले आफै उत्पादन गरेको काठका फर्निचर तथा सोफाहरुका सम्पुर्ण रेन्ज नयाँ शाखामा हुने छन्। आन्तरिक गृह सज्जा कसरी गर्ने भन्ने सिकाउन ईन्टेरियर डेकोरेसनको सेवा पनि यस शाखाबाट प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ।