गाडी किन्न वाणिज्य बैंकको ५० लाखसम्मको कर्जा, ९ प्रतिशत ब्याज, कात्तिक मसान्तसम्म योजना

बिजमाण्डू
२०७५ असोज २४ गते १५:२२ | Oct 10, 2018
गाडी किन्न वाणिज्य बैंकको ५० लाखसम्मको कर्जा, ९ प्रतिशत ब्याज, कात्तिक मसान्तसम्म योजना

काठमाडौ। राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व उत्सव योजनाअन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि गाडी कर्जा ल्याएको छ।

Tata
GBIME
Nepal Life

गाडीको कोटेशनमा अंकित मूल्यको बढीमा ६५ प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गरिने बैंकले जनाएको छ।
 
कर्जा अवधि ५ वर्षसम्म भएमा ९ प्रतिशत र ५ वर्ष भन्दा बढि कर्जा अवधि भएमा ९.५ प्रतिशत ब्याजदर लागु हुने बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख  छ। 

बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना कात्तिक मसान्तसम्म मात्र लागु हुनेछ । निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यो योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने बैंकले जनाएको छ।

बैंकले सबै शाखाबाट यो सुविधा उपलब्ध हुने पनि जनाएको छ।