साझा यातायात बसको टिकट अब अनलाइनबाटै काट्न मिल्ने, बससेवासँग सम्झौता

बिजमाण्डू
२०७५ असोज २५ गते ०९:५१ | Oct 11, 2018
साझा यातायात बसको टिकट अब अनलाइनबाटै काट्न मिल्ने, बससेवासँग सम्झौता

काठमाडौं। साझा यातायात र बससेवाबीच अनलाइन टिकटिङका लागि सम्झौता भएको छ। अबदेखि साझाका टिकट घरबाटै काट्न सकिने भएको छ।

Tata
GBIME
Nepal Life

अनलाइन टिकटिङ सम्बन्धि सम्झौतापत्रमा साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गरेका छन्। 

साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो। 

हाल साझा यातायातका बसहरू काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङका लागि छुट्दै आएका छन्। भैरहवा र बाग्लुंगका लागि साझा यातायातको रात्रिसेवा बुधबारदेखि सुरू भएको हो।