प्रुडेन्सियल इन्स्योरेन्सलाई बेलायतको रजिस्टर सिस्टम्सबाट आइएसओ ९००१:२०१५ प्रमाणपत्र

बिजमाण्डू
२०७५ असोज २५ गते १०:०० | Oct 11, 2018
प्रुडेन्सियल इन्स्योरेन्सलाई बेलायतको रजिस्टर सिस्टम्सबाट आइएसओ ९००१:२०१५ प्रमाणपत्र

काठमाडौं। निजी क्षेत्रको निर्जीवन बिमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्सले बेलायतको युनाइटेड रजिस्टर सिस्टम्स लिमिटेडबाट आइएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले विगतका वर्षको ग्राहक सन्तुष्टि, प्रिमियम संकलन, दाबी भुक्तानी, उत्कृष्टता र गुणस्तर व्यवस्थापन मूल्यांकनको आधारमा प्रमाण प्राप्त गरेको हो। 

प्रुडेन्सियल १६ वर्षदेखि नेपालमा निर्जीवन बिमा सेवा प्रदान गर्दै आएको कम्पनी हो। यसले कर्पोरेटसहित ४६ वटा शाखा कार्यालयमार्फत मेचीदेखि महाकालीसम्म निर्जीवन बिमा सेवा प्रदान गरिरहेको छ।

चुक्ता पुँजी ३२ करोड ४० लाख रुपैयाँ रहेको यो कम्पनीले सवारी, समुद्री कार्गो, मेडिकल र स्वास्थ्य, माइक्रो, ज्वेलरी ब्लक, अग्नि लगायत बिमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले यसअघि आइएसओ ९००१:२००८ प्रमाणपत्र प्राप्त गरेको थियो।